मान बहादुर ठकुल्ला
टीकापुर / कैलाली जिल्ला स्थित टीकापुर प्रहरीले नक्कली नाेट सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार बिहान ६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ शिव मन्दिर नजिक सडक किनारमा रहेको ठेला पसलमा नेपाली रु.१,०००।– (एक हजार) को नक्कली नोट दिई सामान खरिद गरी रहेको अवस्थामा टीकापुर नगरपालिका वडा नं.२ बिजयनगर शिविर बस्ने बर्ष २३ को तपेन्द्र बहादुर शाहीलाई फेला पारी चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली रु.१,०००।– (एक हजार) को दुबै तर्फी रंगिन प्रिन्ट गरी नजोडेको नोट थान १२ (बाह्र), एक तर्फी प्रिन्ट गरेको नोट थान १ (एक) र दुबै तर्फ प्रिन्ट गरी जोडेको नोट थान ४ (चार) गरी जम्मा नक्कली नोट (खोटा मुद्रा) थान १७ (सत्र) फेला पारी बरामद गरी निज तपेन्द्र बहादुर शाहीलाई पक्राउ गरेकाे ईलनका प्रहरी कार्यालय टिकापुरका डिएसपी उद्बब भाटले जानकारी दिनु भयाे । शाही लाई प्रारम्भिक सोधपुछ क्रममा उक्त बरामद नक्कली नोटहरु (खोटा मुद्रा) टीकापुर नगरपालिका वडा नं.२ बिजयनगर शिविर बस्ने बर्ष ३६ को हरी प्रसाद चौधरीले संचालन गरेको HP डिजिटल फोटो स्टुडियोमा रहेको रंगिन प्रिन्टर मेसिनबाट तयार गरेको हुँ भनी बताए पश्चात निज हरी प्रसाद चौधरीलाई समेत पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुरमा सम्मानित कैलाली जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि अनुसन्धान कार्य भईरहेको टिकापुर प्रहरीले जनाएकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post