बराहक्षेत्र । हिजो (फाल्गुन ९) गते हिमाली आदिवासी महायान बौद्ध धर्मावलम्बीहरुले २१५० औँ छु मो ह्ये ल्हो ग्याल्पो ल्होसार २०७९ बराहक्षेत्र नगरपालिका वडा नं. ५ को अमाह सिमसार क्षेत्रमा विभिन्न संस्कृति कार्यक्रमहरुका साथै मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवार, सभापतिमा नेपाल शेर्पा संघ, बराहक्षेत्र नगर कमिटिका अध्यक्ष दोर्ची शेर्पा थिए भने विशिष्ट अतिथिमा आदिवासी जनजाति महाँसंघ बराहक्षेत्र नगरका अध्यक्ष सन्त कुमार राई, ७ नं. का वडाध्यक्ष कपिल आचार्य, ५ नं. का वडाध्यक्ष रोहित काफ्ले लगायतका अतिथिहरुको उपस्थितिमा ल्होसार हर्षोउल्लासका साथ मनाइएको हो ।
विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा शेर्पाहरुको आफ्नै किसिमको नाच रहेको छ । कार्यक्रममा श्यार्बु नाच समेत प्रदर्शन गरिएको थियो । आफ्ना धार्मिक तथा सांस्कृतिक पर्वहरुलाई प्रत्येक वर्ष यसरी नै उजागर गर्दै लैजाने सभादक्ष्य शेर्पाले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post