सप्तरी । जिल्लाको बोदेबर्साइन नगरपालिका-१० खडकपुरमा आज आगलागी हुँदा करीब १८ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार स्थानीय पलनु यादवको घरमा बिजुलीको तार शर्ट भई आगलागी सुरु भएको हो । आगलागीका कारण उनको घरभित्र रहेका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाइएको छ । त्यस्तै, छिमेकी गोहालु यादवको घर र घरभित्रका सामानहरू जलेर नष्ट भएको बताइएको छ ।
आगलागी हुँदा वीरेन्द्र यादवको घर पनि जलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीका कारण १८ लाख रुपैयाँ बढीको क्षति भएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको बताइएको छ।
Discussion about this post