• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

“हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन

सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गरे गाँजा बरामद

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ फाल्गुन १६ गते, २२:४१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
“हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन
33
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपालमा अझै पनि गाजालाई लागूऔषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ । तर सुनसरीमा गाजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने पनि धेरै छन् । यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मक रूपमा हेर्ने धेरै छन्, तर गाजाको प्रयोग रोकिएको छैन । नेपालमा युवामाझ गाजाको प्रयोग बढ्दै गएको छ । प्रहरी र प्रशासनले जति कडाइ गरे पनि यसको प्रयोग रोकिएको छैन । यसमा गरेको कडाइले अन्य खतरनाक दुव्र्यसनी मौलाउँदै गएको छ ।
गाउँघरमा गाजा सेवन गर्ने व्यक्ति भन्छन् “हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन,गरिखाउ भनेर शिवजीले दिए सुनाउँछन्” यसमा हाम्रो के दाेष ?
हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाजा खानु अपराध मानिन्छ । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पेर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाजाको असर तुलनात्मक रूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ । तर अध्ययनले देखाएअनुसार चुरोट र बिँडी खानेहरूमा तिनको शारीरिक परनिर्भरता ३० प्रतिशत हुन्छ तर गाजामा त्यस्तो लत लाग्दैन ।
तर सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका– ५ नरकटियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
वसन्तपुर बीओपीबाट खटिएको सशस्त्रको गस्ती टोलीले सोमबार राति करिब १० बजेतिर हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट १२ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।
सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।
भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा गाँजा बरामद भएको उनले बताए  ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ । स्कारपियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गर्दै खेतछेउमा गाडी छोडेर भागेका थिए ।
उता ७० को दसकअघि नेपालमा पनि गाजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगायो । त्यस दसकमा नेपालमा हिप्पी युगको सुरुआत भयो । अमेरिकालगायत अन्य मुलुकबाट नेपालमा गाजा खानेको घुइँचो लाग्थ्यो । यही कारणले अमेरिकाले आफ्नो नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाजा प्रतिबन्ध गर्न दबाब दियो । अहिले करिब ४० वर्षपछि अमेरिकाले गाजाको प्रयोग र उत्पादन आफ्ना राज्यहरूमा खुला गर्‍यो, अन्यथा त्यहाँका मानिस गाजाको प्रयोग गर्न छोड्दैनथे र राज्यले आफ्ना नागरिकलाई अपराधीको रूपमा व्यवहार गरिरहन्थ्यो, जसले गर्दा अपराधको जालो बढ्दै जान्थ्यो ।अमेरिकाका २३ राज्यले गाजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ती गाजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा रहेको छ ।एकसमय खतरनाक लागूऔषधको रूपमा लिइने गाजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशहरूले पनि गाजासम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देशहरू गाजा प्रयोगमा केही उदार हुँदै गएका छन् ।

Tags: "हामी शिवजीका२५८ किलोगरेगाँजा बरामदगाजा रोप्नैपर्दैनसन्तान हौंसशस्त्र प्रहरीलेसुनसरीबाट

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist