सुनसरी । नेपालमा अझै पनि गाजालाई लागूऔषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ । तर सुनसरीमा गाजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने पनि धेरै छन् । यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मक रूपमा हेर्ने धेरै छन्, तर गाजाको प्रयोग रोकिएको छैन । नेपालमा युवामाझ गाजाको प्रयोग बढ्दै गएको छ । प्रहरी र प्रशासनले जति कडाइ गरे पनि यसको प्रयोग रोकिएको छैन । यसमा गरेको कडाइले अन्य खतरनाक दुव्र्यसनी मौलाउँदै गएको छ ।
गाउँघरमा गाजा सेवन गर्ने व्यक्ति भन्छन् “हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन,गरिखाउ भनेर शिवजीले दिए सुनाउँछन्” यसमा हाम्रो के दाेष ?
हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाजा खानु अपराध मानिन्छ । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पेर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाजाको असर तुलनात्मक रूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ । तर अध्ययनले देखाएअनुसार चुरोट र बिँडी खानेहरूमा तिनको शारीरिक परनिर्भरता ३० प्रतिशत हुन्छ तर गाजामा त्यस्तो लत लाग्दैन ।
तर सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका– ५ नरकटियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
वसन्तपुर बीओपीबाट खटिएको सशस्त्रको गस्ती टोलीले सोमबार राति करिब १० बजेतिर हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट १२ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।
सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।
भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा गाँजा बरामद भएको उनले बताए ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ । स्कारपियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गर्दै खेतछेउमा गाडी छोडेर भागेका थिए ।
उता ७० को दसकअघि नेपालमा पनि गाजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगायो । त्यस दसकमा नेपालमा हिप्पी युगको सुरुआत भयो । अमेरिकालगायत अन्य मुलुकबाट नेपालमा गाजा खानेको घुइँचो लाग्थ्यो । यही कारणले अमेरिकाले आफ्नो नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाजा प्रतिबन्ध गर्न दबाब दियो । अहिले करिब ४० वर्षपछि अमेरिकाले गाजाको प्रयोग र उत्पादन आफ्ना राज्यहरूमा खुला गर्यो, अन्यथा त्यहाँका मानिस गाजाको प्रयोग गर्न छोड्दैनथे र राज्यले आफ्ना नागरिकलाई अपराधीको रूपमा व्यवहार गरिरहन्थ्यो, जसले गर्दा अपराधको जालो बढ्दै जान्थ्यो ।अमेरिकाका २३ राज्यले गाजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ती गाजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा रहेको छ ।एकसमय खतरनाक लागूऔषधको रूपमा लिइने गाजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशहरूले पनि गाजासम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देशहरू गाजा प्रयोगमा केही उदार हुँदै गएका छन् ।
Discussion about this post