मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर प्रहरीले अबैध रुपमा चाेरी तस्करी गरि नेपाल भित्र्याउन लागेकाे सामान सहित दुई स्थानबाट दुई जनालाई पक्राउ गरेकाे छ ।हिजाे बिहान ६:४५ बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालीका वडा नं.१ खुल्ला मञ्च स्थित सडक खण्डमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगर बस्ने कल्लुराम चौधरीको श्रीमती बर्ष ४१ की दुरपती चौधरीले साईकलको पछाडी क्यारिङमा बाँधी ल्याई रहेको कान्ता लेखेको ललीपप पोका थान-१३, अन्टी पोका थान ११, गोलमोल पोका थान ८, श्यामल सुर्ती पोका थान ३, पवन सुर्ती पोका थान ४,बिडी पोका थान ३,गुलाबी रङ १० के.जी.,हरियो रङ १० के.जी. र लेडिज साईकल समेत अन्दाजी जम्मा रकम रु. १००३५।- (दश हजार पैतिस) सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी सत्ती भन्सार कार्यालयमा बुझाएको भने शुक्रबार अाज बिहान १:३० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालीका वडा नं.८ स्थित भित्री सडक खण्डबाट प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट प्र.ना.नि. डेनि बहादुर स्वाँरको कमाण्डमा खटिएको प्रहरी टोलीले टिकापुर ८ कालिमाटी बस्ने बर्ष ४० को शंकर साउँदले गोरु गाडामा अवैध रुपमा भन्सार छली चोरी निकासी गरि ल्याउदै गरेको स्टिलको बाटा थान ९, बाल्टिन थान १२८, डाडु पन्यु थान ९४, टिफिन डिब्बा थान १२०, फलामको तावा थान २५,पाइन्टको चैन थान १२०, काँसको थाल थान ४६, ईलेक्ट्रोनिक आईरन थान ३० र धातुको मेडल थान ६०० समेत गरी अं.मुल्य रु २,७९,३५०।– (दुई लाख उनासी हजार तीन सय पचास) बराबरको मालसामान फेलापारी रितपुर्वक बरामद गरी उक्त मालसामान र गोरु गाडा सहित निज शंकर साउँदलाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्ती, कैलालीमा पठाईएको ईलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी उद्बब भाटले जानकारी दिएका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post