पारसमणी यादव/इनरुवा । सृजना समाजको इनरुवा–५ बलाहा स्थित शनिवार एक कार्यक्रम विच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सृजना समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धरान उपशाखा तथा जिल्ला अस्पताल सुनसरी इनरुवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भव्यताका सम्पन्न भएको हो ।
सृजना समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा तथा निःशुल्क रक्त समूह परिक्षण कार्यक्रममा महिला तथा पुरुष गरी जम्मा ५९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने निःशुल्क रक्त समूह परिक्षण तथा स्वास्थ परिक्षण शिबिरमा महिला तथा पुरुष गरी जम्मा ७५ जानाले स्वास्थ्य जाँच तथा परामर्श लिएका थिए ।
रक्तदान, जीवन दान, मानवताका निमित्त युवा अभियानको मुल मन्त्रलाई अत्मसात गरी धेरै भन्दा धेरै रक्तदाता उपस्थित गराई रक्तदान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सृजना समाजका संयोजक रुपक न्यौपानेले जानकारी दिए ।
रक्तदान कार्यक्रममा बुद्धिजिवी, नागरिक समाज, सुरक्षा निकाय, स्थानिय युवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सामाजिक व्यक्तित्वहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
सृजना समाजले खुल््ला रक्तदान कार्यक्रममा तथा निःशुल्क रक्त समूह परिक्षण कार्यक्रममा निःशुल्क स्वास्थ जाँचका लागि प्राविधीक टोलि ल्याएर सहयोग गर्नु हुने जिल्ला अस्पतालका मे. सु. डा.देबराज घिमिरेलाई धन्यवाद दिदै आभार व्यक्त समेत गरेका थिए ।
रक्तदान कार्यक्रम सञ्चालन गर्नु भनेको एउटा परोपकारी कार्य भएकोले यो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाले निरन्तरता दिँदै जाने कुरा आयोजकले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post