इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हाेली पर्वकाे अवसरमा आइतबार आयाेजित हाेली पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा हृदय खाेलेर शुभकामना साटासाट तथा अबिर खेलेका छन् ।
प्रायः मुस्लिम समुदायमा हाेली पर्व मनाउने चलन छैन् तर पालिका अध्यक्ष अजमल अख्तर आजादले मेरालागि सबै बराबर रहेको भन्दै म सबै धर्म संस्कृतिलाई समान रूपमा आफुले गरेको बताए ।पालिका अध्यक्ष अजमल अख्तर आजादले रंगहरुको चाड ‘होली पर्व–२०७९ ’ को शुभअवसरमा समस्त भाेक्राहा नरसिंह गाउँवासीलाई शुभकामना समेत दिएका छन् ।
उनलेे भने होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताएका छन् ।
होली पर्व–२०७९ को अवसरमा आइतबार शुभकामना सन्देश दिँदै पालिका अध्यक्ष अजमल अख्तरले यस्तो बताएका हुन् । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताए ।उता हाेली विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेले होलीलाई नेपाल सरकारले राष्ट्रिय पर्व घोषणा गरेकाे बताउँदै विभिन्न समुदायले मनाउने होली पर्वले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको बताए।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्नका लागि हाेली विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरिएको बताए ।प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेले भने ‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त भाेक्राहा नरसिंह गाउँपालिकावासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान मिलेको बताए ।’समाजमा भाईचारा र मेलमिलापको माहाैल सृजनाका निम्ति होली पर्वको महत्वपुर्ण अर्थ रहेकाे बताउँदै हाेली पर्वलाई मेलमिलापको अवसरका रुपमा मनाउन अनुराेध गरेका छन् ।
उनलेे भने फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले हाेली विशेष कार्यक्रममा विभिन्न रंगहरूकाे मिश्रण पछि देखिने रंगिन रंग जस्तै समाजमा सबै समुदाय एकबद्ध भएर बस्दा असल समाजको निर्माण हुने बताए । हरेक धर्म, जाति र समुदायकाे चाडपर्वहरूकाे विशेष महत्व रहने बताउँदै उनले होली पर्वले समाजमा एकता, भातृत्व र मित्रता र आपसी भाईचारा बाँड्ने विस्वास व्यक्त गरे ।साेही कार्यक्रममा सहभागी भएका जनता समाजवादी पार्टी भाेक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र यादवले कार्यक्रममा बाेल्दै भने पालिका अध्यक्ष मुस्लिम सामुदायकाे भएपनि वहाँले अहिलेसम्म कुनैपनि धर्म र साँस्कृतिकलाई अपमान नगरेको बताउदै पालिका अध्यक्ष अमजल अख्तर आजादले यसरी अबिर र रंगिन भएकोमा पालिकावासी अपनत्व र खुशी भएको बताए ।त्यस्तै नेकपा एमाले भाेक्राहा नरसिंह गाउँपालिकाका नेता रामकुमार मेहतालेे भने बजारमा रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व रहेको बताए ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन नगर्न गाउँवासीहरूलाई आग्रह समेत गरेका छन् ।
Discussion about this post