इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा आफ्नो कार्यालयको काम कावार्ही र सेवा प्रवाहको बारेमा स्वः मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बजेट निर्माण देखी कार्यान्वयन प्रकृया सम्म र सम्पन्न देखी नतिजा सम्मले छाडेको प्रभावको आधारमा वडा देखी पालिका सम्म आफ्नो स्वः मूल्यांकन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष रधुन्नदन चौधरी, उपाध्यक्ष संंगिता राय , प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, वडाध्यक्ष विनोद चौधरी, आन्नद यादव, सहितकाले आफ्नो क्षेत्रमा भएको कामको सूचकको आधारमा स्वः मुल्यांकन गरेका छन् ।भने कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका चिरौली , सुनसरीका योजना शाखाका योजना सहायक रामचन्द्र यादवको पनि सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक तथा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गरेका थिए ।
मेहताले स्थानिय तह भए यता भए गरेका काम कार्वाहीको बारेमा स्वः मूल्यांकन गर्दै आफु कुन अवस्थामा रहेको र अव गणत्वय कहाँ सम्म तय गर्ने विषयमा समेत जानकारी गराएका थिए ।
यस अघि भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, दुहवी नगरपालिकामा स्वः मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।
Discussion about this post