इनरुवा । कोशी प्रदेश स्थित मोरंगको बुढीगंगा गाउँपालिकामा सविना चौधरीको अध्यक्षतामा किशोरी सञ्जाल गठन गरिएको छ ।
उपाध्यक्ष दिपा सरदार, सचिवमा बन्दना ऋषिदेव, सह सचिवमा करुण ऋषिदेव, कोषाध्यक्षमा विपना लिम्बु, सदस्यहरुमा गुन्जा ऋषिदेव,सविना सिक्दार, सरस्वती तबदार,सलोनी ऋषिदेव, जेनिसा माझी र श्रीकुमारी खबास चयन भएकी छन् ।त्यस्तै सल्लाहकार समितिमा मनिता ऋषिदेव, निलम कटवाल, सरु विक, सुस्मिता ऋषिदेव, प्रतिभा चौधरी र राजो उराँव सर्वसहमतिले चयन भएकी छन् ।
उनीहरुले किशोरीहरुको क्षमता अभिवृद्धिको लागि १२ बुदे मागहरु समेत पालिकासँग राखेका छन् ।
हिजो आइतवार बुढीगंगा गाउँपालिकामा आयोजना गरिएको किशोरीहरुको लागि क्षमता अभिवृद्धि तालिममा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरसँग किशोरी समूह र संजाल कार्यविधी निमार्ण गर्नुपर्ने माग उठाएका छन् ।उनीहरुले पालिकामा बाल विवाह रणनिति निर्माण गरि कार्यान्वयन गर्नुपर्ने, दिगो रुपमा आर्थिक सक्षमताको लागि किशोरीहरुलाई स्टिम एजुकेशन साइन्स, टेक्नोलोजी, इन्जिीयरिंग एण्ड म्याथम्याटिक्सका विषयहरुमा उच्च शिक्षा पहुचमा विस्तार गर्नुपर्ने साथै छात्रवृत्रि उपलब्ध गराउने , किशोरीहरुसँग सम्बन्धी विषयहरुमा तथा क्षेत्रहरुमा निमार्ण गरिने निति नियम, निर्णय तथा कार्यक्रमहरुमा किशोरी तथा संजाल समुहहरुको पूर्ण तथा प्रभावकारी सहभागिताको अवसर सुनिश्चित गर्ने, किशोरीहरुमा यौन तथा प्रजनन् स्वास्थ्यको ज्ञान, सिपका साथै जीवन उपयोगी सिप अभिवृद्धि कार्यक्रम नियमित संचालन गर्नुपर्ने माग राखेका छन् ।
त्मायस्तै किशोरीहरूमाथी हुने हिंसा तथा दुर्व्यवहारबाट बच्न क्षमता अभिवृद्धि कार्यक्रम साथ आत्मरक्षा तालिम संचालन गर्नुपर्ने,बालबालिका तथा किशोरीमा हुने हिंसा न्यूनिकरणाकालागी विद्यालयमा हुन सक्ने लैंगिक हिंसाको ज्ञान, सिप दिनुपर्ने साथै सुरक्षाका उपायहरुको बारेमा जानकारी दिने र यसको लागि प्रभावकारी संयन्त्रको कार्यान्वय गर्ने,किशोर किशोरी मैत्रि सूचना केन्द्र व्यवस्थापन गरि संचालन गर्ने, किशोरी मैत्री स्वास्थ्य सेवाको प्रभावकारी रुपमा स्वस्थ्य केन्द्रहरुमा तथा विद्यालयहरूमा संचालन गर्नुपर्ने, जलवायु परिवर्तन सम्बन्धी विषयगत क्षेत्रको बारेमा ज्ञान, सिप तथा क्षमता अभिवृद्धि कार्यकहरु संचालन गर्नु पर्ने, किशोरीहरुको प्रतिभा प्रस्फुस्ट गर्ने चाहनेहरुकालागि उनिहरुको रुचि, चाहना अनुरुपको क्रियाकलाप योजना निमार्ण गरि प्रभावकारी रुपमा संचालन गर्नुपर्ने,वार्षिक रुपमा जनप्रतिनिधी र किशोरी विच सम्वाद वा सम्मेलनलाई बार्षिक रुपमा नियमित गर्नुपर्ने माग राखेका छन् ।उता बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले किशोरी सञ्जालले उठाएको माग पालिकाको हितमा रहेको भन्दै आफुहरुले सम्वोधन गर्ने बताए ।
Discussion about this post