इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा ११३ औँ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रम “लैगिंक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” का नारा सहित भव्यताका साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । महिला दिवस कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमलाई सम्बोधन गर्दै भने महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्न आफु प्रतिवद्ध रहेको बताए ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा गर्नुपर्ने काममा आफुले पछि नपर्ने उनीहरुको हकहीतका लागि अघि सरेको बताए ।गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रममा बोल्दैँ भने समाजमा आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा उपस्थि भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेले कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “एक अर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौँ, समानतालाई सहकार्यमा रूपान्तरण गरौँ, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरूपमा नेपाली समाजले नारीको अर्चना गर्दै आएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिरहोस् । नारीहरू आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्त्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरू बढ्दै जाउन्, तमाम आमा, हजुरआमा, दिदी बहिनी समग्रमा नारी स्वरूपलाई धेरै धेरै शुभकामना भन्दै शुभकामना व्यक्त गरेका छन् ।उनले भने “नारी पुरुष सराबरी, सधैँ भरि बराबरी” भन्दै समाजमा भएको नारी शक्तिको रुपमा भएको बताउँदै आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान रहेकाे बताए ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिरा साह, मिठु श्रेष्ठ, प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनाल, महिला तथा बालबालिका शाखा तुलसा निरौला, योजना शाखा आशिष निखिल साह, लक्ष्मी खतिवडा, रोजगार शाखा दिपक साह, पारस दाहाल, आमेन्द्र यादव,रामकुमार यादव, दिपेन्द्र यादव, लघु उद्यम विकास शाखा योगेन्द्र यादव लगायत स्थानीय गाउँवासी, वुद्धिजिवी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Discussion about this post