इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ सोनयाहीमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
वडा कार्यालय सुनसरीको आयोजनामा सम्पन्न भएको निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा झण्डै तीन सय भन्दा बढी बिरामीहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् ।
निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रमका प्रमुख अथिती एवम भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले भने सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई आफुहरुले विभिन्न शिविर मार्फत सेवा प्रवाह गरिरहेको बताए ।
उनले कार्यक्रममा बोल्दै भने भोक्राहा नरसिंह गाउँपालिकाले विभिन्न वडामा निःशुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन गर्दै आएको भएपनि वडा नम्बर ८ का स्थानीयवासीहरुको लागि वडा कार्यालयले आयोजना गरेको निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा स्थानीयवासीहरुलाई थप सहयोग मिलेको बताए ।
उनले भने “सबै सँग पैसा हुदैन, पैसा अभावका कारण कति जना घरमै बिरामी भएर बसेका हुन्छन् तर उपचार पाउँदैन्” “उपचार गराउन समान्य स्वास्थ्य उपचार खर्च दिएर स्थानीय जनताको घाउँमा मल्हमपट्टी गरे जस्तो मात्रै हुन्छ” अहिले पालिकाले विभिन्न वडामा निः शुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परामर्श सेवा
उपलब्ध गराउँदै आएकोमा बिरामीहरुलाई धरान, इटहरी, बिराटनगर र इनरुवा जान बाध्यता कम रहेको बताए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष हाजी उसमान अंसारीले भने शिविरमा सहभागी भएका बिरामीहरुलाई एक महिना सम्म फलो अप गर्दा कुनैपनि शुल्क लागेमा आफुले व्यक्तिगत तर्फबाट सहयोग गर्ने बताए ।
उता आज भोक्राहा नरसिंह गाउँपालिका वडा नं.८ को आयोजनामा शुरु गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रममा आफ्नो स्वास्थ्य चेकजाँच गराउन पुगेकी वडा नम्बर ६ का एक स्थानीय बिरामी माल्ती देवी मेहताले प्रदेश प्वाइन्ट अनलाइन सँग कुरा गर्दै भने गाउँमै शिविर आयोजना गरेकोमा हामी जस्ता कयौँ गरिब परिवारलाई राहत मिलेको बताइन् ।
उनले आफ्नो दुःख पोख्दै भने हामीलाई पैसा छैन् तर समान्य उपचार नपाएर हैरान छु, आज वडा कार्यालयले आयोजना गरेको निःशुल्क बृहत स्वास्थ्य शिविरमा उपचार गराउन पाए म खुशी भएको बताइन् ।
शिविरमा गोल्डेन हस्पिटल बिराटनगरका डाक्टर श्यामकुमार रौनियार, यज्ञराज खरेल, डा.बालेश्वर यादव, डा.सीपी यादव, डा.अन्जली रसैयली, डा.सतिस यादव, डा. कुमल गुप्ता, डा.सरोज यादव लगायत चिकित्सक सहितका टीमले शिविरमा पूगेका बिरामीहरुलाई निःशुल्क इसिजी, अल्ट्रासाउन्ड, गाइनोलोजी, इएनटीलगायत स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, आँखाको दृष्टि परीक्षण, मोतिया बिन्दु जाँच तथा उपचार, बाल स्वास्थ्य परिक्षण तथा परामर्श, दन्त रोग परीक्षण, छाला तथा यौन रोग परिक्षण तथा परामर्श सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन्। निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्पका शसस्त्र प्रहरी निरिक्षक निविन अधिकारी, प्रहरी चौकी उल्टीका प्रहरी सहायक निरिक्षक अर्जुन थापा मगर, कार्यापालिका सदस्य धर्मनाथ भगत, वडा सदस्य हदिस अंसारी, कलिम मियाँ, वडा सदस्य मदिना खातुन, दलित महिला सदस्य विमला मोची र वडा सचिव शोभानन्द साह, भोक्राहा नरसिंह गाउँपालिका वडा नं.२ का स्वास्थ्य चौकी इन्चार्ज रमेश साह, वडा नम्बर ४ का आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज दिनेश यादव, वडा नं.८ का अधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज नितेश यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post