इनरुवा । त्रिभुवन विश्वविद्यालयसंग सम्बन्ध प्राप्त सुनसरी बहुमुखी क्याम्पस इनरुवामा दुई प्यानल चुनाव प्रचारप्रसारमा व्यस्त भएका छन् । त्रिविले उम्मेदवारको खर्च कम गर्न र क्याम्पसमा धेरै समय पढाइमा बाधा हुन नदिन ६ दिनको समय तोकेर प्रचार गर्न दिएकाले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा समाजवादी विधार्थी युनियन नेपाल सहित चार विधार्थी संगठनको संयुक्त प्यानलबाट सभापतीमा देवकुमार यादव र नेपाल विधार्थी संघको एकल प्यानलबाट नन्दन गुप्ता समूह प्रचारप्रसारमा रहनुभएको छ । युनियनको प्यानलबाट सचिवमा अनेरास्ववियुका दिपशन कार्की र कोषाध्यक्षमा लोकतान्त्रिक विधार्थी संघका आरती मेहता रहनुभएको छ भने नेविसंघले सचिवमा सुदिप कुमार मेहता र कोषाध्यक्षमा अनु कुमारी मण्डललाई उम्मेदबार बनाएको छ । यी दुइवर्टै प्यानल मत माग्नका लागि विधार्थीहरुको घरदैलोमा गएर चुनाव प्रचारप्रसार थालेका छन् ।
सुनसरी बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट समानुपातिक सहितका सभापतीका उम्मेबारले घरदैला थालेको छ । घरदैलो गर्दा विधार्थीको हकअधिकारलाई ध्यानमा राखेर असल राजनितिक संस्कारको अनुभुमती दिलाउने, छात्रवृतिको व्यवस्था, नियमित पठनपाठनको व्यवस्था, अतिरिक्त कार्यक्रमहरु, क्षमता तथा नेतृत्व विकासमा योगदान पुप्ने कार्यक्रम गर्ने, क्याम्पसमा आर्थिक पारदर्शिताका पक्षमा काम गर्ने भएकाले मतदान गर्न अपिल गरीरहेका छन् । शैक्षिक गुणस्तर सहित विधार्थीको जिवनोपयोगी र रोजगारमुलक कार्यक्रमका लागि पनि पहल गर्ने भएकाले सुनसरी क्याम्पसमा आफूहरुको साझा प्यानल विजयी हुने दावी गरिएको छ । विधार्थीहरुको हकहितमा काम गर्ने भएकाले विगतदेखी नै यस क्याम्पसमा समाजवादी विधार्थी युनियन बलियो रहेकाले जित सुनिश्ति रहेको सभापतीका उम्मेदबार देवकुमार यादवले प्रतिकृया दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने मिति तय गरेको छ। त्रिवि रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले पुस २८ गते एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको मितिबारे जानकारी दिएको थियो ।
संघीय प्रादेशिक शिक्षा नीतिमा जोड: यादव
जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादवले पूर्ण समानुपातिक समावेशीमा जाने आफूहरूको माग भएको तर, स्ववियु निर्वाचन किन्तु, परन्तुका कारण रोकिन नहुने बताउनुभयो। प्रमुख राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले शक्तिको प्रभाव विद्यार्थी भर्ना प्रक्रियामा पर्दै आएकाले २०६५ सालपछि स्ववियु चुनाव पूर्ण रूपमा हुन नसकेको उहाँको भनाइ छ।
यादवले भन्नुभयो, “स्वतन्त्र विद्यार्थीको हक, हितका लागि हो। तर, चुनाव भयो भने हाम्रो भाग खोसिन्छ कि भन्ने किसिमले त्रिविले चाह्यो भने चुनाव गराउँछ सक्छ तर सशङ्कित छौँ चैत ५ मा गराउँछ कि गराउँदैन। मिश्रित प्रणालीमा पनि जान हामी तयार छौँ।” “देशमा दश वर्षे जनयुद्ध भयो। त्यसपछि २०६२÷६३ को जनआन्दोलन, मधेश विद्रोह भयो। आदिवासी जनजाति आन्दोलन भयो त्यो बाट संविधान बनेको हो, त्यही संविधानलाई टेकेर चल्नुपर्छ। हाम्रो धारणा के छ भने, विद्यार्थीलाई पूर्ण समानुपातिक समावेशी, देशमा शिक्षा पुरै निःशुल्क हुनुपर्छ”, यादवले भन्नुभयो।
विद्यार्थीलाई शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने बरु, राज्यले महँगा गाडी, जग्गा जमिन, घर, हाउजिङ खरिद बिक्रीमा निश्चित कर लगाउनुपर्ने उहाँले बताउनुभयो। यसैगरी, सङ्घीय प्रादेशिक शिक्षा नीतिमा समाजवादी विद्यार्थीको जोड छ। उहाँले भन्नुभयो, “सङ्घीय प्रादेशिक शिक्षा नीति हुनुपर्छ। भूगोल र संस्कृति अनुरूपको सबै प्रदेशमा अध्ययन, अध्यापनक हुनुपर्छ”, लोक सेवा आयोगमा पनि त्यो व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ।
नेता निर्माणको नर्सरी स्ववियु: सिंह
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचन नयाँ जेनेरेसन उत्पादन एवम् नेता निर्माणको एउटा नर्सरी भएको बताउनुभयो। दलमा नयाँ नेतृत्व आउन नसकेको र पुरानैले राजनीति गर्ने एवम् राज्यको बागडोर सम्हाल्ने विषय चर्को रूपमा राष्ट्रिय राजनीतिमा उठेको बेला यसमा स्ववियुले सकारात्मक हस्तक्षेप गर्ने उहाँको भनाइ छ।
सिंहले भन्नुभयो, “पहिलो कुरा, निर्वाचनमार्फत दलहरूमा नयाँ नेतृत्व आउन सकेन। पुरानै नेतृत्वले राजनीति गर्ने र राज्यको बागडोर सम्हाल्ने स्थिति जे विषय राष्ट्रिय राजनीतिमा चर्को रूपले उठिरहेको छ, यो कुरा ब्रेक गर्न र नयाँ जेनेरेसन उत्पादन गर्न स्ववियु नेता निर्माणको एउटा नर्सरी हो। यसले सकारात्मक हस्तक्षेप गर्न पहल गर्नेछ।”
उहाँले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएर सुझाव सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो। “भ्रष्टाचारमुक्त, बेथितिमुक्त स्ववियु निर्वाचन गर्ने हो भने पूर्ण समानुपातिक स्ववियु चाहिन्छ भन्ने कुरा दह्रोसँग राखेका छौँ। स्ववियु निर्वाचनको नियमावली संशोधन गर्न त्रिवि तयार नभएको कारण मिश्रित चुनाव र २८ वर्षे उमेर हदबन्दी अखिल क्रान्तिकारीकै उपलब्धि भएकाले यसलाई आधार मानेर अगाडि जाने तयारी गरिरहेका छौँ। अखिल क्रान्तिकारीको हिजोको दूरदर्शितासहितको निर्णय थियो भन्ने कुरा आजको दिनमा हामीलाई लागेको छ”, अरू विद्यार्थी सङ्गठनले पनि उमेर हदबन्दीलाई अवलम्बन गरेको उहाँले जोड्नुभयो।
।
Discussion about this post