• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तपाईको यी विवरणहरुको फोटोकपिको दुरुपयोग त भइरहेको छैन ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ चैत्र ६ गते, २३:२४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
तपाईको यी विवरणहरुको फोटोकपिको दुरुपयोग त भइरहेको छैन ?
27
SHARES
Share on FacebookShare on Twitter

तपाई आफ्नो व्यक्तिगत विवरण (नागरिकता, लाइसेन्स, पासवर्ड) लगायत सरकारी आईडीको गोपनियतालाई कति सुरक्षित राख्नुहुन्छ ? तपाईको यी विवरणहरुको फोटोकपिको दुरुपयोग त भइरहेको छैन ? यसबारे तपाई चनाखो बन्नैपर्छ । आफ्ना यस्ता विवरणलाई सुरक्षित राख्नु भएन भने तपाई ठूलो समस्यामा पर्नुहुनेछ ।

बेग बहादुर श्रेष्ठ र उनकी श्रीमती तेज माया श्रेष्ठ पनि यस्तै समस्यामा परेका छन् । श्रेष्ठ दम्पतिद्वय नागरिकता फोटोकपीको दुरुपयोग हुँदा ठगिएका छन् ।

गत डिसेम्बर ९ र डिसेम्बर १२ मा श्रेष्ठ दम्पतिद्वयले प्रयोग गर्दै आइरहेको नेपाल टेलिकमको सिम एकाएक अर्कै व्यक्तिले निकाले । दम्पतिद्वयले प्रयोग गर्दै आएको ९८६०२०६७२१ र ९८४२८८०८६४ नम्बर उनीहरुको नागरिकताको फोटोकपिको सहायताबाट निकालियो । नागरिकताको दुरुपयोग गरी अपरिचित व्यक्तिले टेलिकमको सिन्धुली र जावलाखेल शाखाबाट सिम निकाले । यस बिषयमा दुबैजना अनविज्ञ थिए । ती व्यक्तिले सिम मात्र निकालेनन् श्रेष्ठ दम्पतिद्वयको बैंकिङ्ग डिटेल समेत कब्जा गरे ।

अनि खुल्यो घटनाको रहस्य

सिमकार्ड निकालेर अर्कै व्यक्तिले दुरुपयोग गरिसक्दा पनि श्रेष्ठ दम्पति अनविज्ञ थिए । जब पैसा निकाल्न भनेर डिसेम्बरमा बैंक पुगे अनि मात्र घटनाबारे थाहा पाए । श्रेष्ठ भन्छन्, ‘म आफ्नै काममा व्यस्त थिए । सिमले १२ डिसेम्बरदेखि नै नेटवर्क दिएको थिएन । फुर्सदमा निकाल्छु सोचेको थिएँ । सिम नै नचलेसी मोबाइल बैंकिङ ह्याक भएको कसरी थाहा पाउनु । श्रीमती १६ डिसेम्बरमा बैंकमा पैसा निकाल्न जाँदा पो थाहा पायौँ । पैसा अर्कै व्यक्तिले निकालिसकेको रहेछ ।’

आफुले पैसा निकालेकै छैन उता बैंकको पैसा अर्कै व्यक्तिले लगिसक्दा श्रेष्ठ दम्पत्ति छाँगाबाट खसे जस्तै भए ।

ग्लोबल आईएमई बैंकको खाताबाट पटकपटक गरेर श्रेष्ठ दम्पतिद्वयको खाताबाट एक लाखभन्दा बढी रकम गायब भयो । अपरिचित व्यक्तिले उनीहरुको खाताबाट पटकपटक गरी पैसा निकालेको बैंक विवरणमा देख्न सकिन्छ ।

नेपाल टेलिकमले हचुवाको भरमा ब्यक्तिको पहिचान नगरि सिम दिँदा आज आफू बर्बाद भएको श्रेष्ठले बताए । उनी यो समस्या समाधानका लागि विगत तीन महिनादेखि बैंक, टेलिकम, साइबर ब्यूरो सबैतिर धाइसके । तर उक्त समस्याबाट अझै मुक्ति पाउन सकेका छैनन् । टेलिकमको लापरबाहीले गर्दा उनीहरुको पसिनाको कमाई त गयो त्यसमा पनि अनावश्यक सास्ती समेत  खेप्नुपरेको छ ।

तपाईहरुले नागरिकताको फोटोकपिकै आधारमा सिम  दिनुहुन्छ ? भन्ने अर्थसञ्जालको प्रश्नमा टेलिकमका प्रवक्ता शोभन अधिकारीले ग्राहकको सजिलोको लागि पहिले पहिले त्यसरी सिम दिने गरेको स्वीकार गरे  ।

उनी भन्छन्, ‘ग्राहक गलत नियतका हुन्छन् भनेर हामीले बुझ्न मिल्दैन । ग्राहककै सजिलोको लागि कहिलेकाही त्यसरी पनि सिम दिइन्थ्यो । तर अहिले भने सक्कल प्रमाणपत्र बिना सिम वितरण गर्दैनौँ ।’

यी र यस्तै घटनाहरु एकपछि अर्को गरि सार्वजनिक हुन् थालेपछि भने टेलिकमले सक्कल प्रमाणपत्र र व्यक्तिको पहिचान गरेर मात्र सिम दिन थालेको बताएको छ । उक्त व्यवस्था लागू गर्न सबैतिर सर्कुलर जारी भएको टेलिकमका प्रवक्ताले बताए । यो व्यवस्था सबैतिर लागू भएको छ या छैन भन्ने विषयमा भने टेलिकम अझै अनविज्ञ छ ।

नेपाल टेलिकमको यस्तो प्रकारको लापरबाहीले सास्तीसंगै ठुलो क्षति व्यहोर्नु परेको ग्राहकहरुको गुनासो छ ।

Tags: तपाईकोदुरुपयोग तफोटोकपिकोभइरहेको छैन ?यी विवरणहरुको

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist