भजनी / कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ भने ३० जना घाईते भएका छन् ।
सोमबार साँझ करिब ७ बजेको समयमा जोशीपुर गाउँपालिका वडा नं ७ हजारीबारा भन्ने स्थानमा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटनस्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखाल आफन्तको घरमा पासनी खाएर फर्किने क्रममा दुर्घटना भएको भजनी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सन्दिप चौधरीले बताएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भजनी नगरपालिका वडा नम्बर ९ की चाहाना चौधरी र दिल रानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय जोशीपुरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको उपचार गर्न बर्दगोरिया अस्पताल बौनिया र घोडाघोडी अस्पताल सुखड पठाएको छ। ट्याक्टर चालक फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post