दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनयाही गाउँमा हिजो आइतबार भएको आगलागी पीडित परिवारहरुलाई राहत विरतण गरिएको छ ।
आज सोमबार भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र उपाध्यक्ष सुनिता कुमारी उँराव, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी, वडाध्यक्ष नम्बर ८ का वडाध्यक्ष हाजी उसमान अंसारी, कार्यपालिका सदस्य धर्मनाथ भगत , प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनाल लगायतका टीमले अग्नी पीडित परिवारको घरमै पुगेरै खाद्ययन्न सामग्री सहित राहत वितरण गरिएको हो ।
पीडित परिवारहरूलाई पालिका अध्यक्ष सहितका टीमले प्रति परिवार २ प्याकेट चामल, दाल, नुन, खाने तेल, चिनी, चियापति, नुहाउने साबुन, कपडाधुने साबुन, सर्फ, सुजी, चना, चाउचाउ लगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
हिजाे भएको आगलागीमा परेर भाेक्राहा नरसिंह वडा नम्बर ८ (साेनियाही) का स्थानीय खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर सहित उनीहरूको घरमा भएको खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहना र एक थान माेटरसाइल सहित झन्डै ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुमान रहेको प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post