इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ८ मा भिषण आगलागी भएको छ । भिषण आगलागीमा तीन परिवारका ५ घर जलेर नष्ट भएको छ । आईतबार भएको आगलागीमा ३५ लाख बढीको धनमाल जलेर नष्ट भएको पीडित परिवारका सदस्य खुर्सीद आलमले जानकारी दिनुभयो । आलमले आफ्नो सहित फरान अंसारी, आलम अंसारी सहितको घर जलेर नष्ट भएको बताउनुभयो । अग्नि पीडितहरुलाई प्रदेश सभा सदस्य जाजि इसराईल मंसुरीले आफ्नो ब्यक्तिगत कोषबाट प्रति परिवार एक बोरा चामल, २ बोरा भुजा, १ सेट कुर्ता सुरुवालको सेट, जुस प्याकेट ,चिनी, चना, तेल, सबय, साबुन, चिया सहयोग गर्नुभएको छ । सुनसरी क्षेत्र नं.४ (ख) का कोशी प्रदेश सांसद हाजी इसराइल मन्सुरीले राहत सहयोग गर्नुभएको हो ।मन्सुरीले राहत वितरण गर्दा नेपाली काङ्ग्रेस सुनसरी .जिल्ला सदस्य चनरदेव मेहता राजेन्द्र प्रसाद मेहता, भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारी, ८ का वडा अध्यक्ष उस्मान मियाँ, ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, काङ्ग्रेस वडा सभापति जमालुद्दिन मन्सुरी लगायतका उपस्थिती रहेको जनाएको छ ।
Discussion about this post