इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ८ मा भिषण आगलागी भएको छ । भिषण आगलागीमा तीन परिवारका ५ घर जलेर नष्ट भएको छ । आईतबार भएको आगलागीमा ३५ लाख बढीको धनमाल जलेर नष्ट भएको पीडित परिवारका सदस्य खुर्सीद आलमले जानकारी दिनुभयो । आलमले आफ्नो सहित फरान अंसारी, आलम अंसारी सहितको घर जलेर नष्ट भएको बताउनुभयो । अग्नि पीडितहरुलाई प्रदेश सभा सदस्य जाजि इसराईल मंसुरीले आफ्नो ब्यक्तिगत कोषबाट प्रति परिवार एक बोरा चामल, २ बोरा भुजा, १ सेट कुर्ता सुरुवालको सेट, जुस प्याकेट ,चिनी, चना, तेल, सबय, साबुन, चिया सहयोग गर्नुभएको छ । सुनसरी क्षेत्र नं.४ (ख) का कोशी प्रदेश सांसद हाजी इसराइल मन्सुरीले राहत सहयोग गर्नुभएको हो ।
मन्सुरीले राहत वितरण गर्दा नेपाली काङ्ग्रेस सुनसरी .जिल्ला सदस्य चनरदेव मेहता राजेन्द्र प्रसाद मेहता, भोक्राहा नरसिंह वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारी, ८ का वडा अध्यक्ष उस्मान मियाँ, ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, काङ्ग्रेस वडा सभापति जमालुद्दिन मन्सुरी लगायतका उपस्थिती रहेको जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post