इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ । सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकतम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुषमा ढकाल, तोया गिरी पोदार, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साह विजयी हुनुभएको छ । त्यसैगरी साहको नेतृत्वको प्यनलमा रहनुभएका नुनुलाल उराँव, सविता यादव, दुर्गा खत्वे, कृष्णादेवी उराँव, धर्मविर आर्य, हरिप्रसाद पोखरेल, सहजादी प्रविण र रामशंकार साह हलुवाई पराजित हुनुभएको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निकृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा रहेकोले मतदाताहरुले नयाँ नेतृत्व चयन गरेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन पाउनुभएका राजु ढकालको नेतृत्वको प्यानल विजयी भएकोमा सबैसंग मिलेर हातेमालो गरेर काम गर्ने जनाएको छ । उपविजेता भएको जनता समाजवादी पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा दिलिपचन्द साहको प्यानलले सच्चा प्रतिपक्षीको भुमिका निर्वाह गर्दै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिकृया दिएका छन ।
Discussion about this post