मान बहादुर ठकुल्ला/भजनी । कैलाली जिल्लाकाे भजनी नगरपालिका वडा न ५ काैवाखेडाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । आज शुक्रबार ३:३० बजे ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बि.ओ.पी.पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला कैलाली बर्दगोरीया गाउँपालिका वडा नं.०४ मुडा बस्ने बर्ष १८ को आनन्द ठकुरी र बर्ष २३ का दिपेन्द्र बाेहरालाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक मान सिह ऐरीले जानकारी दिएका छन । ठकुरीले चलाई ल्याएको ना.४१ प ८४६० नं. को मोटर साईकललाईशंका लागि चेकजाँच गर्दा पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला परेकाे जनाएकाे छ । निज दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान कार्य भईरहेको समेत जानकारी दिएकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post