टीकापुर / कैलालीको टीकापुरबाट जुवा तास खेलिरहेकाे अवस्थामा एक लाख उन्नचालिस हजार सहित १५ जनालाई पक्राउ गरेकाे छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएकाे टाेलीले विशेष सुचनाकाे आधारमा आज २:५० बजेको समयमा पक्राउ गरेकाे जनाएकाे छ । टीकापुर१ ब्लक नं.५ स्थित दिल प्रसाद शेरचनले संचालन गरेको न्यु ब्रान्च होटलको तेस्रो तलामा रहेको कोठामा र ऐ.ऐ. ब्लक नं. १४ स्थित खडक बहादुर शाहीको २ तले घरको माथिल्लो तलामा रहेको कोठामा जुवा तास खेलिरहेका छन् भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा तास गड्डी थान १० र नगद रुपैया १,३९,२९०।- (एक लाख उनान्चालिस हजार दुई सय नब्बे) बरामद गरी निज १० जनालाई नियन्त्रणमा लिई कार्बाहीकाे लागि अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालयका डिएसपी उद्बब सिह भाटले जानकारी दिनु भयाे ।प्रकाउ पर्नेका जिल्ला कैलाली टीकापुर १ ब्लक नं. ५ बस्ने बर्ष ६८ को दिल प्रसाद शेरचन ,ब्लक नं. ९ बस्ने बर्ष ६६ को टंक बहादुर रावल ,ब्लक नं. २३ बस्ने बर्ष ४९ को देव बहादुर रावल ,वडा नं. २ राजीपुर बस्ने बर्ष ६३ को चक्र कान्त तिमिल्सिना ,बस्ने बर्ष ५३ को राज कुमार हमाल ,वडा नं. १ ब्लक नं. ३१ बस्ने बर्ष ५३ को हस्त बहादुर शाही , वडा नं. १ ब्लक नं. १७ बस्ने बर्ष ५० को दल बहादुर साउँद ,वडा नं. १ ब्लक नं. ११ बस्ने बर्ष ५८ को हिरालाल कोईराला ,वडा नं. १ ब्लक नं. १४ बस्ने बर्ष ४८ को नरेश रावल, वडा नं. १ ब्लक नं. १२ बस्ने बर्ष ६३ को लोक बहादुर साउँद ,वडा नं. १ ब्लक नं. १४ बस्ने बर्ष ४६ को खडकबहादुर शाही , वडा नं. १ ब्लक नं. २६ बस्ने बर्ष ५६ को उदयराम ढुङ्गाना ,वडा नं. १ बस्ने बर्ष ३२ को प्रेम देउवा ,१४. ऐ.ऐ. वडा नं. ५ दौलतपुरघाट बस्ने बर्ष ५३ को सुर्य बहादुर कालुङमगर र वडा नं. १ ब्लक नं. सी बस्ने बर्ष ५६ को बिक्रम बहादुर खड्का रहेकाे जनाएकाे छ ।
Discussion about this post