इनरुवा – सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका गरिव घरपरिवारका सदस्यहरूलाई कपडा वितरण गरेका छन् ।अल ईस्लाह ऐजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपाल भोक्राहा नरसिंह – ५ सुनसरीले भोक्राहा नरसिंह वडा नं -२,४,५ र ६ का वडा अध्यक्षहरु सँग समन्वय गरी मुस्लिम धर्मावलम्बीहरूकाे ‘इद उलफित्र’ पर्व लक्षित कपडा वितरण गरिएको हाे ।
‘इद उलफित्र’ पर्व उत्साहका साथ मनाउनका लागि भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका करिब ४ सय ५० जना गरिव परिवारका सदस्यहरूलाई कपडा वितरण गरिएको संस्थाका अध्यक्ष नाैसाद अंसारीले जानकारी दिए । जस मध्ये १५० थान सुट, ७५ थान साडी र १७५ थान बच्चाहरुलाई रेडिमेड कपडा वितरण गरेको जानकारी संस्थाका सचिव हारिस अन्सारीले बताए।साे कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि एंव भाेक्राहा नरसिंह गाउँपालिकाका विकाश प्रेमी अध्यक्ष अजमल अख्तर आजादले गाउँपालिका अन्तरगत रहेका करिब ४ सय ५० जना गरिव परिवारका सदस्यहरूलाई कपडा वितरण गरेका छन् ।
उनलेे कपडा वितरण गर्दै भने र्आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्व सकिनु अघिल्लो दिन चन्द्रमा अवलोकनपछि इद उलफित्र पर्व मनाउने भएकाले सबैले उल्लासमय भएर मनाउनका लागि संस्था गरेको याेगदान उदाहरणीय रहेको बताए । उनले यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गरेको बताए ।
पालिका अध्यक्ष अजमल अख्तरले भने, ‘यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ। ‘इद’को अर्थ ‘उत्सव’ र ‘मुवारक’को अर्थ ‘धन्य’ भएकाले ‘इद उलफित्र’ पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन्।’
आपसी भातृत्व र खुसीयाली साटासाटको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देवता ‘अल्लाह’प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्नुपर्ने बताए ।उता समाजसेवी युवा एवम् शिक्षक शब्बीर आलम ले भने यस पर्वमा कोही पनि दुःखी नहोस् त्यसका लागि हुने व्यक्तिले ईदको अवसरमा आफ्नो व्यक्तिगत दान दिएर सहयोग गर्ने गर्दछन् साथै सबैले खुसीले इद मनाईने बताए ।त्यस्तै सो ईद गिफ्ट कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ३ जना अपाङ्गता भएका व्यक्तिलाई व्हिल चेयर समेत वितरण गरिइएकाे र यो वर्षमा भोक्राहा नरसिंहका २० जना अपाङ्गलाई व्हिल चेयर वितरण गरेको जानकारी संस्थाका कोषाध्यक्ष हमजा अन्सारीले जानकारी दिए ।
Discussion about this post