दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले इद काे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
पालिका अध्यक्ष अजमल अख्तरले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास साथ गाउँवासीहरूमा इद काे अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
मुस्लिम समुदायको महान् पर्व इद पर्वकाे अवसरमा भाेक्राहा नरसिंह गाउँवासी सँगै स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त दिएका छन् ।
उनले शुभकामना व्यक्त गर्दै भने इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने पर्व भएकाले उत्साहका साथ मनाउन आग्रह समेत गरेका हुन् ।
उनलेे भने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका छन् ।
पालिका अध्यक्ष अजमल आजादले भने भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेकाे बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post