दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले इद काे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
पालिका अध्यक्ष अजमल अख्तरले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास साथ गाउँवासीहरूमा इद काे अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।मुस्लिम समुदायको महान् पर्व इद पर्वकाे अवसरमा भाेक्राहा नरसिंह गाउँवासी सँगै स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त दिएका छन् ।
उनले शुभकामना व्यक्त गर्दै भने इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने पर्व भएकाले उत्साहका साथ मनाउन आग्रह समेत गरेका हुन् ।
उनलेे भने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका छन् ।पालिका अध्यक्ष अजमल आजादले भने भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेकाे बताए ।
Discussion about this post