इनरुवा । सुनसरीको इटहरीमा नक्कली नोटसहित पक्राउ परेका पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इटहरी १ स्थित आँपगाछीमा लागेको सिरुवा मेलामा नक्कली नोटसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो ।
सुनसरीको गढी गाउँपालिका २ बस्ने ३८ वर्षीय जमिला खातुनले मेलामा एक हजारको नोट दिई सामान किनेको र उक्त नोट नक्कली भएको खुलेको थियो ।
खातुनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली परिचालन भएको थियो ।
प्रहरी टोलीले खातुनलाई तत्काल नियन्रणमा लिई चेकजाँच गर्ने क्रममा उनको साथबाट एक हजारका छ थान र पाँच सयको २२ थान गरी जम्मा १६ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको र उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post