इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन गरिएको छ ।
गाउँपालिकाकाे विभिन्न ८ वटा वडामा सञ्चालित गाउँपालिका स्तरीय तथा वडा स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरिएको हाे । विभिन्न ८ वटा वडामा सञ्चालित गाउँपालिका स्तरीय तथा वडा स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरिएको हाे ।
अनुगमनका क्रममा वडा नम्बर १ मा विभिन्न याेजना तथा कार्यक्रमकाे विषयमा वडाध्यक्षले जानकारी गराएपनि काम संतोषजनक नरहेको अनुगमन टाेलीले कथन रहेको छ ।
अनुगमन टाेलीले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा संचालन रहेको वडा स्तरीय याेजना तथा पालिका स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरेका थिए ।
वडा नम्बर १ र २ जाेड्ने बाहुनी खाेला पुल, वडा कार्यालय भवन, मठ मन्दिर लगायत वडा कार्यालयमार्फत संचालन गरिएकाे विभिन्न टुक्रे कार्यक्रम तथा दैनिक संकलन हुने राजश्व सहितकाे बारेमा अनुगमन टाेलीले स्थलगत जानकारी लिदैँ कमीकमजोरीहरूलाई सुधार गर्न अनुगमन टाेलीले वडाध्यक्ष लक्ष्मण मेहतालाई आग्रह गरेका छन् ।
वडाध्यक्ष मेहताले आफ्नो कमीकमजोरी नरहेको अनुगमन टाेलीलाई जानकारी गराउदैँ आफुले काम गरेको कुनै किसिमको अनियमितता नगरेको, याेजना छनाैटमा भाषागत त्रृटी मात्रै भएको बताए ।
त्यस्तै वडा नम्बर २ मा विभिन्न याेजना तथा कार्यक्रमहरूकाे स्थालगत अनुगमन गरिएको छ ।
बिहीबार बिहान सुरू गरिएको प्रदेश , गाउँपालिका तथा वडा स्तरीय याेजना तथा कार्यक्रमहरूकाे अनुगमन गरिएको हाे ।
साे अनुगमन टाेलीमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद,याेजना शाखाका प्रमुख प्राविधिक आशिष निखिल साह, याेजना सहायक रामचन्द्र यादव, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल, जसपा नेपालका अध्यक्ष महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका भाेक्राहा नरसिंह इन्चार्ज श्यामदेव यादव, जनमत पार्टीका प्रतिनिधि सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हैदर अलि, नेकपा एमाले एकीकृत पार्टीका प्रतिनिधि चन्दन मेहता, राप्रपा का प्रतिनिधि जियावुल मंसुरी लगायतका पार्टी प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।
Discussion about this post