• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बैंककै कर्मचारीले चोरे ग्राहकको डेढ करोड रकम

पक्राउ परेकाहरूलाई बैंकिङ कसूर र सङ्गठित अपराध अन्तर्गतको कसूरमा मुद्दा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ ६ गते, १२:४३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
बैंककै कर्मचारीले चोरे ग्राहकको डेढ करोड रकम
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बैंक ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ बढी चोरी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीसहित नाै जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैंकका कर्मचारीहरू सिन्धुपाल्चोक घर भएका बैंकको इटहरी शाखा प्रबन्धक ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित र बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीया पवित्रा कटुवाल रहेका छन् ।
कर्मचारीबाहेक दुई जना बाह्य व्यक्ति धनुषाका ३४ वर्षीय शंकर भुजेल र भक्तपुरका २७ वर्षीय अजय खिउजु समेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस घटनाका मुख्य नाइके प्रधान गत चैतमा पक्राउ परेका थिए । बाँकी भने विभिन्न ठाउँबाट शुक्रबार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत चैत २२ गते बैंकका कर्मचारी निरज प्रधानले अवैध रूपमा कनेक्ट आईपीएस र नक्कली चेकमार्फत रकम चोरी गरेको उजुरी परेको थियो ।
पत्रकारसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजकुमार राईले भने, “चैतको महिनातिर एक जना पीडित आएर बैंकको कर्मचारीले रकम चोरी गरेको भनेर उजुरी दिनुभएको थियो । त्यसपछि हामीले आरोपित प्रधानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका थियौं ।”
अनुसन्धान गर्ने क्रममा बैंकको इटहरी शाखामा कार्यरत अन्य कर्मचारीहरूले प्रयोग गर्ने कम्प्युटर युजर आइडी र पासवर्ड दुरुपयोग गरी कनेक्ट आईपीएसमार्फत चोरी गरेको राईले बताए ।
उनका अनुसार कात्तिक २८ गतेदेखि चैत १७ गतेसम्म ५९ पटकमा कनेक्ट आईपीएसमार्फत बैंकका विभिन्न ग्राहकको उपस्थिति र स्वीकृति बिना एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालेर ग्राहकहरुको रकम हिनामिना गरेको देखिएको छ ।
त्यस्तै ग्राहकहरूको उपस्थिति तथा स्वीकृतिबिना बैंकको कोर बैंकिङ (Core Banking System (C.B.S)) दुरुपयोग गरी निस्क्रिय खाता सक्रिय गराई, चेकबुक प्रिन्ट गरी, चेक तथा ट्रान्सफर भौचर मार्फत खातावालाहरूको दस्तखत किर्ते गरी विभिन्न मितिमा ३५ लाख ४८ हजार १५० रुपैयाँ अनधिकृत रूपले निकाली हिनामिना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
पक्राउ पर्नुअघि २८ फागुनमा प्रधान सरुवा भई गाईघाट शाखा गएका थिए । उनले सोही शाखामा समेत बैंकका ग्राहकको खाताबाट अन्य विभिन्न बैंकमा खाता रहेका व्यक्तिहरूको खातामा रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।
यसरी विभिन्न समयमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पक्राउ परेकाहरूलाई बैंकिङ कसूर र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको राईले बताए ।
“बैंकबाट रकम हिनामिना भए तुरुन्त बैंकलाई सम्पर्क गर्नुपर्छ,” सेवाग्राहीलाई सुझाव दिँदै राईले भने, “बैंकबाट सहयोग नभएको खण्डमा प्रहरी कार्यालयमा उजुरी दिन सक्नुहुन्छ । सबैभन्दा मुख्य कुरा सेवाग्राही आफैं सचेत र चनाखो हुनुपर्छ, जसले गर्दा बैंकबाट रकम हिनामिना हुने बित्तिकै थाहा पाउन सकियोस् ।”

Tags: अन्तर्गतकोअपराधकसूरमा मुद्दाग्राहककोचोरेडेढ करोडपक्राउ परेकाहरूलाईबढीबैंककै कर्मचारीलेबैंकिङ कसूर र सङ्गठितरकम

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist