• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान जारी

शिक्षकहरु नै कमजोर भएपछि पढाइ भगवान् भराैसा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० जेष्ठ ९ गते, ८:३९ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान जारी
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान दुई महिनादेखी जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा सोमबार थप दुई विद्यलायमा अनुगमन गरेको छ । नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवका अनुसार नगरका विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति, खाजा कार्यक्रम, बुक कर्नर, एसआईपी, सामाजिक परीक्षण, शिक्षकको कक्षाकोठामा प्रस्तुतिकरण लगायत अन्य सबाल र समस्याको पहिचान गर्न अनुगमन चलिरहेको छ । यादवले बैशाखको पहिलो हप्तादेखि सुरु गरिएको अनुगमन तथा निरीक्षण अभियानले नगरभित्रका ३० वटा विद्यालय मध्ये हालसम्म २६ वटा विद्यालयको स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । बाँकी विद्यलायको निरीक्षण तथा अनुगमन पनि जारी रहेको यादवको भनाई छ । सोमबार गरिएको विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समितिका संयोजक दिलिपचन्द साहु र जिल्ला स्थित पत्रकारहरु सहितको सहभागिता रहेको थियो । टोलीले इनरुवा ९ को शिशु निकेतन आधारभुत विद्यालय र शहिद श्यामसुन्दर आधारभुत विद्यलायको गरिएको टोलीमा सहभागी समाजसेवी सत्य नारायण मण्डलले जानकारी दिनुभयो ।  नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता नरहेको, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको, विधार्थी संस्था रजिस्टरमा भन्दा उपस्थिती न्यून रहेको, कक्षामा लठीको प्रयोग भएको, भौतिक पूर्वाधार कम्जोर रहेको, घेराबेरा नभएको, समयको पालनामा ख्याल नगरेको , नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी तथा शिक्षा शाखा र समितिले विद्यालयको पाँच वर्षदेखी कुनै पनि स्थलगत अनुगमन तथा निरीक्षण नगरेको अवस्था पाइएको छ । नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक अवस्था सुधारका लागि ठोस योजना तर्जुमा निर्माण गर्न टेवा पुग्ने अपेक्षा सहित महासंघले अनुमगनलाई सघन बनाएको जनाएको छ । विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघ, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समिति र नागरिक समाजका प्रतिनिधिहरुको पनि सहभागिता रहने गरेको छ ।
शिक्षकलाई ७ कान पढ्न ( सेभेन ओन्जा ) आएन् , प्रअलाई पाठ घण्टा नै थाहा छैन ?
विधार्थीहरु पढ्ने विद्याको मन्दिरमा शिक्षकहरुले पढाउदै होला हाम्रो बालबालिकाहरु पढ्दै होला भनेर सोचिरहेका छौं होईन त हामी अभिभावकले । तर कथा वेग्लैछन् , हाम्रा छोराछोरी पढाउने शिक्षकलाई ७ ऐकान ७ पढ्न ( सेभेन ओन्जा) आएन् भन्दा आश्चर्य लाग्न सक्छ तर यो यर्थात घटना सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियाको शिशु निकेतन आधारभुत विद्यालयको हो । जहाँ कक्षा ५ सम्म पढाउने शिक्षकलाई ७ ऐकान ७ पढ्न ( सेभेन ओन्जा ) आउदैन् भने प्रधानाध्यापकलाई पाठ घण्टा र बार्षिक योजना भनेको थाहा छैन ।
सुशासनको कुरा गर्न भ्याउने यस विद्यलायका प्रअ निर्मला भट्टराई कोईरालालाई आफै विद्यालयमा के के गरेको विषयमा थाहा नभएको जस्तो गैरजिम्मेबारी अभिव्यक्ति दिनुभयो भने अनुगमनकर्ताहरुलाई आधिकारिकताको प्रश्न गर्न भने भ्याउनुभयो । एक शिक्षकले भने सामान्य कुुरा बताउन पनि असमर्थ देखिनुभयो । अर्का एक शिक्षक गलत मिनिगं पढाईरहनुभएको अवस्था देखियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्य नारायण शर्मा खत्वेले सुधारको अभियान र प्रयासमा लागेको प्रतिकृया दिनुभयो ।
हाजिर रजिस्टर छ कक्षामा छैन ?
सोही वडाको शहिद श्यामसुन्दर आधारभुत विद्यलायको अनुगमनमा रजिहस्टरमा ७० बढी विधार्थीको नामाकरण भएको पाइएपनि कक्षा कोठामा १७ जना मात्रै विधार्थी भेटिएको छ । विधार्थी कम भएको विषयमा प्रअ रामरुप मेहताले गाउँमा विवाह र पुजापाठलाई कारण देखाउनुभयो । शिक्षक कक्षा अनुसारको अभाव भएपनि विधार्थी अनुपातमा दुई जना राहत शिक्षक, एक करार, एक बालविकास सका  र एक कार्यालय सहयोगी गरि पाँच रहेकाले प्रयाप्त देखियो । सोमबार विद्यालयको अनुमगन गर्दा बालविकास केन्द्रमा २, कक्षा १ मा २, कक्षा २ मा ४, कक्षा ३ मा ५ , कक्षा ४ मा १ र कक्षा ५ मा ३ जना गरि कक्षा कोठामा १७ जना मात्रै विधार्थी देखिएको छ । अनुगमनकर्तासंग यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मेहताले कक्षाकोठा सहित विधार्थीको गुणस्तर सुधारको प्रयासमा लागेको प्रतिकृया दिनुभयो ।
अनुमगनमा समाजसेवी देवराम यादव, दिनेश यादव, महेन्द्र यादव, सिंहेश्वर मेहता, दिलिपकुमार मेहता, महेन्द्र खत्वे सहितको उपस्थिती रहेको थियो । टोलीले विद्यालयका अन्य सरोकारबालाहरुसंग समेत छलफल गरेको थियो ।

Tags: अनुगमन तथा निरीक्षणअभियान जारीपढाइभएपछिभगवान् भराैसाविद्यालयको स्थलगतशिक्षकहरु नै कमजोर

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist