शिक्षा जीवनको ज्योती हो । शिक्षा विना व्यक्ति, समाज र राष्ट्र सही दिशा लिन सक्दैन । उक्त शिक्षा प्रदान गर्ने शिक्षा प्रदायक निकायहरु मध्ये सामुदायिक विद्यालय एउटा महत्वपूर्ण निकाय हो, भन्ने कुरामा दुई मत छैन । तर पछिल्लो समयमा शिक्षामा सुधार गर्ने, शिक्षामा क्रान्ति गर्ने, शिक्षामा आमुल परिवर्तन र आधुनिकिकरण गर्ने नाममा सामुदायिक विद्यालय र निजी तथा संस्थागत विद्यालयवीच तुलना गरेर सामुदायिक विद्यालयका प्रमुख क्तबपभ जयमिभच शिक्षकलाई मात्र दोसी देखाई बदनाम गरिरहेको देखिन्छ । सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति ग¥यो रे ? शिक्षकले राम्ररी पढाएन रे ? विद्यार्थीहरुले केही लेख्न पढ्न जानेन रे ? शिक्षक तथा कर्मचारीका छोरा छोरीहरु सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने कतिपय स्थानिय निकायले परिपत्र अथवा सार्वजनिक सूचना नै जारी गरि रहेको सन्दर्भमा यी यावत प्रश्नहरु जायज छन् ।
उक्त जायज सवालका सवालका पछाडि कारण के ? भन्नेतर्फ विचार गर्नुपर्ने समय आएको छ । भन्ने गरिन्छ “शिक्षक सेवा पास गरेर आएका शिक्षकहरुले शिक्षण गरेको विद्यार्थी भन्दा उक्त आयोग पास गर्न नसकेका प्रशिक्षार्थी शिक्षकको वाहुल्यता रहेको निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरु अब्बल रहन्छ” । हो, यो कुरामा सहमत हुन सकिन्छ, तर सामुदायिक विद्यालयका विद्यार्थीहरु कमजोर हुनुमा सम्पूर्ण अपजसको भागी सँधै गाली खाई रहने उक्त विद्यालयका शिक्षक कर्मचारी पक्कै होइन । को हो त ? यसको कारण खोजी गर्ने समय आएको छ ।
के सामुदायिक विद्यालयमा शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षक मात्र हुन्छन त ? होइन भने अन्य शिक्षकको नियुक्ति कुन प्रकृयाबाट हुन्छ ? कसरी हुन्छ ? कस्तो व्यक्तिको नियुक्ति हुन्छ ? कहिले सम्मको लागि हुन्छ ? यी प्रश्नको उत्तर खौजौँ त ? त्यसपछि मात्र सामुदायिक विद्यालयको विद्यार्थीको गुणस्तरको सवाल उठाउनू वेश हुन्छ । शिक्षक नियुक्ति गर्दा राम्रो भन्दा हाम्रो मान्छे नियुक्त गर्ने, भाई, भतिजा, छोरा, छोरी, बुहारी, आफन्तको नियुक्तिको लागि परीक्षा लिने विज्ञ नै आफ्नै राखी पहिला नै च्भकगति हातमा दिएर परीक्षा संचालन गरी शिक्षक नियुक्त गर्ने, उक्त दरबन्दी रिक्त रहेको भने जानकारी शिक्षक सेवा आयोगमा नपठाई हाम्रोलाई नै अनन्तकालसम्म निरन्तरता दिने अनि शिक्षा गुणस्तर खोज्ने हामी महाज्ञानी, महान शिक्षा सुधारक, शिक्षामा आमुल परिवर्तनकारी हुनै सक्दैनौँ ।
शिक्षक सेवा आयोगबाट प्रा.वि. तह पास गरेकालाई हामीले उच्च माध्यमिक तह (+2) सम्म पढाउन लगाउने अनि सोबाट गुणस्तर खोज्ने ? विद्यालयमा पार्टीका कार्यकर्ता, शक्तिकेन्द्रलाई रिझाउन सक्ने व्यक्तिलाई नियुक्ति दिने अनि गुणस्तर खोज्ने ? विद्यालायमा विद्यार्थीको अनुपात भन्दा कयौँ गुणा कम शिक्षक राख्ने अनि गुणस्तर खोज्ने ? विद्यालयको भवनमा टिनाको छानो त्यो पनि वर्षा याममा चुहिने खालको रहने अनि आमुल परिवर्तनको कुरा गर्ने हामी कस्तो किसिमको शिक्षा सुधारक हौँ । मा. वि. तहका विद्यार्थीलाई समेत किताब पढ्न आएन ? लेख्न आएन कुरा गर्ने भिडियो बनाउने, शिक्षकलाई नै ती कुरा नआएको पनि भिडियो बनाई लाइक र कमेन्टको लागि सामाजिक संजालमा पोष्ट गर्ने तर ती शिक्षकको नियुक्ती कसरी भयो ? यचष्नष्ल के हो ? त्यसतर्फ रत्तिभर ख्याल नगर्ने ? निजामतीतर्फ लोक सेवा आयोगबाट शाखा अधिकृत पास गरेर कार्यालयमा खटाउँदा ट महिनासम्मको तालिम दिने तर सो सरहको मा. वि. तह शिक्षक सेवा आयोगबाट पास गरेका शिक्षक नियुक्ति लिँदै विज्ञ हुने ? शिक्षक सरुवाको लागि उक्त शिक्षकको ढाडै सेक्ने गरी अदृश्य व्यय भार पर्ने र सोही शिक्षकबाट उत्प्रेरित मनोबोलका साथ शिक्षण कला देखाउने आशा राख्ने हामी कस्तो किसिमको शिक्षा प्रेमी हौँ ।
विचार गर्ने वेला आएको छ । यति भनिरहँदा शिक्षक सेवा पास गरेका शिक्षकले विद्यालयको समयमा आफ्नो इमान्दिरता नदेखाई हाजिर गरी टाप कस्ने, प्र.अ.ले पालिकामा काम छ, भनी सँधै हाजिर गरी आफ्नो काममा मात्र लाग्ने, प्र.अ. सँग अनुमति नलिई आफ्नै मनले विद्यालयमा अनुपस्थित रही विदा बस्ने, कक्षामा रहने समयमा इााष्अभ कोठामा बसी खैनी र भोला तथा रजनी गन्दाको गन्धमा गफ छाट्ने, पालिकामा पहुँच छ भनी विद्यालयमा शान देखाउने शिक्षकहरुले पनि आफ्नो प्रवृति सुधार नगरे सम्बन्धित अधिकारीले अनुगमन गरी कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने देखिन्छ ।
लेखक
अरुण कुमार मेहता
इजलास अधिकृत
सप्तरी जिल्ला अदालत
Discussion about this post