इनरुवा । मधेस प्रदेश स्थित रौतहटको गरुडा नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनी किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन्। उनी पक्राउ परेको जानकारी प्रहरीले कसैलाई दिएको छैन। सहनिकी पत्नि लालवतीदेवीले शनिबार पत्रकारसँग कुरा गर्दै श्रीमान्को पक्राउबारे जानकारी दिन माग गरेकी छिन्। प्रमुख प्रशासकिय अधिकृत भूदेव झाको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाईएको छ। सहनीले आफुले लिएको ५ लाख पेस्कीको रकम फछर्यौट गर्न अधिकृत झाको नक्कली हस्ताक्षर गरेको आरोप प्रहरीले लगाएको छ।
गरुडा–२ गेडही घर भएका सहनीलाई इलाका प्रहरी गरुडाले जेठ ८ गते नियन्त्रणमा लिएको लालवतीले बताईन। पेस्की रकमको फछर्यौटको गोश्वरा भौचरमा उनले नक्कली हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत झाले बताए । मेयर कन्थमणि जैसवाल र झाले किर्ते हस्ताक्षर गरेको भनेर फसाएको आरोप सहनीको परिवारले लगाएको छ ।
लालवती देवीले नगरपालिकाबाट लिइएको भनिएको पेस्कीका विषयमा छानविन हुनुपर्ने उनको माग छ। उक्त पेस्की फछर्यौट गर्न पटक पटक ताकेता गर्दा झाले नमानेको उनको आरोप छ । आफ्नो श्रीमान्ले कुनै कागजमा नक्कली हस्ताक्षर नगरेको लालवतीले दावी गरिन्। मेयर जैसवालले अधिकृतको हस्ताक्षर किर्ते गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान थालेको बताए ।
Discussion about this post