लाैकही । नेपाल यादव सेवा समितिको कोशी गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । पटक पटक गठन हुने तर विस्तारमा समस्या रहेकोमा यस पटक पहिलो कोशी गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न भएको कोशी गाउँपालिका स्तरीय अधिवेशनले राजेन्द्र यादवको अध्यक्षतामा २१ सदस्य नेपाल यादव सेवा समिति कोशी निरविरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षदोयमा बालकृष्ण यादव, सुभाष यादव, सचिवमा सुमन यादव, सहसचिवमा चन्दन यादव र कोषाध्यक्षमा हरेराम यादव चयन हुनुभएको छ । नेपाल यादव सेवा समितिको कोशी कार्य समिति सदस्यहरुमा मनोज कुमार यादव, रामनारायण यादव, मिथलेश यादव, जगदेव यादव, पर्शुराम यादव, सूर्यनारायण यादव, रमेश यादव, राजेशवर यादव, रामविलास यादव, श्यामसुन्दर यादव, महेन्द्र यादव, विनोद यादव, मनोज यादव र राजकुमारी यादव लगायतका रहनुभएको छ ।
त्यसैगरी सल्लाहकार समितिमा जगदिश प्रसाद कुसियैत यादव, देवकृष्ण यादव लगायतका रहनुभएको छ । नेपाल यादव सेवा समितिको कोशी अधिवेशनमा प्रमुख अथिति रहनुभएका पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैत यादवले जातिय संस्कृतिको उत्थान, विकृतिको न्यूनिकरण, संगठन विस्तार, संरक्षण र विकासमा जोड दिनुभयो । उहाँले यादवहरुको वडा समिति हुदै पालिका र जिल्ला समिति गठन गर्ने क्रममा जारी रहेको सन्दर्भमा समुदायको बीचमा सदभाव, एकता र भाईचारा कायम गर्न संगठनको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्र प्रसाद यादवले यादवहरु भगवान श्रीकृष्णको वंशावली भएकाले त्यसै अनुसारको व्यवहार हुन जरुरी रहेको बताउनुभयो । भगवानको वंशको भएकाले सोही अनुसारको कार्य गर्नुपर्ने, सामाजिक न्यायको पक्षमा वकालत गर्नुपर्ने र एकताको सुत्रमा बाधिनुपर्ने बताउनुभयो । यादवले यो समिति विशुद्ध जातिय संस्था भएकाले जुनसुकै पार्टीका यादवहरुले सदस्य भएर यादवको पक्षमा वकालत गर्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सचिव जयकृष्ण यादव, कोषाध्यक्ष रमेश यादव, सदस्य मनोज यादव, मिथलेश यादव, सुकदेव यादव सहितको उपस्थिती रहेको थियो । अधिवेसनमा निर्वाचत भएकाहरुलाई समाजसेवी राजकुमार यादव, भुपेन्द्र खेरवार, देवराम मधेसी, ब्रहदेव यादव लगायतकाले बधाई तथा शुभकामना दिएका थिए ।
Discussion about this post