झापा । काेशी प्रदेश स्थित झापामा मिटरब्याज पीडित १०२ जनाले प्रशासन कार्यालयमा उजुरी दिएका छन्।
अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले निवेदन दिएका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।
निवेदन दर्ता गराउनेहरू वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने रहेका छन्।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेको, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएको लगायत उजुरी परेका छन्।
सहायक प्रजिअ न्यौपानेका अनुसार जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट बढी उजुरी परेको छ। मिटरब्याज पीडितले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको दावी गरिएको उजुरी परेको उनले जानकारी दिएका छन्।
न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीमाथि छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको पनि बताएका छन्। प्रशासनले मिटरब्याज पीडितलाई अन्तिमपटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो। म्याद सकिएको दुई दिनपछि पनि थप दुई जनाको उजुरी परेको थियो।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post