काठमाडौं । स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्री बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल नियुक्त गरेका छन् । डा. रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन् । हार्डजोर्नी रोग विशेषज्ञ डा. रिजाल वीर अस्पतालमा कार्यरत थिए ।
मन्त्रालयबाट नियुक्ति पत्र पनि बुझिसकेको डा. रिजालले बताए। यसअघि ट्रमा सेन्टरमा मेसु डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालय तानिएका छन् ।
त्यस्तै राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ। तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।
परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाएका छन् ।
परोपकार प्रसुतिका निर्देशक डा. पवनजंग रायामाझी मन्त्रालय तानिएको स्रोतले जनाएको छ।
यस्तै औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post