इनरुवा । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले किसानहरुको दुख र पीडा बुझ्दैँ १० दिन नहरमा पानी दिने बताएको छ ।
जिल्लाको विभिन्न स्थानमा सुनसरी मोरगं सिचाई आयोजनाको शाखा तथा उपशाखा नहरमा पानी विना किसानहरुले लगाएको मकै, केरा, गहुँ र तरकारी वाली सुक्न थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले किसानले गरेको मेहनतको कदर गर्दै नहरमा पानी खोल्ने निर्णाय गरेको हो ।
किसानहरुले लगाएको मकै, केरा, गहुँ र तरकारी वाली सुक्न थालेपछि प्रजिअ ढकालको अध्यक्षतामा मंगलबार जिल्ला जलश्रोत समिति सुनसरीका पदाधिकारीहरुको उपस्थितीमा बैठकबसी नहरमा १० दिन पानी दिने निर्णाय गरेको हो ।
प्रजिअ ढकालले जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला जलस्रोत समितिका पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले नहरमा १० दिनका लागि पानी दिने, नहर अधिक्रमण गरी बनाएको घर टहरा हटाउने, चैत २८ गतेदेखी जेठ २५ गतेसम्म चतरा नहर बन्द गर्ने निर्णय भएको बताए ।
बैठकमा सुनसरी मोरगं सिचाई आयोजनाका भिलानन्द यादव, यादव बराल, प्रमेचन्द्र झा, प्रहरी उपरीक्षक कमल थापा, राष्ट्रिय अनुशंधानका नरेन्द्र बहादुर दाहाल, सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल, केन्द्रिय जल उपभोक्ता महासंघका अध्यक्ष रामप्रसाद मेहता सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post