सुरेन्द्र मेहता/चिराैली। नेपालीमा उख्खान भने जस्तै “भनिन्छ बाेल्नेकाे पिठो बिक्छ, नबाेल्नेकाे चामल पनि बिक्दैन्न” हाे त्यस्तै प्रकृतिकाे घटना भएको छ ।
कुरा हाे गत आइतबार सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा रहेको शारदा माविमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई शिक्षकले दुर्ववहार गरेका छन् ।
तराईमा लगातार केही दिनको गर्मीले जनजीवन अस्त व्यस्त बनेकाे बेला शिक्षकले आफ्नै विद्यार्थीहरूलाई दुर्ववहार गर्दै कुटपिट गरेका छन् ।
शिक्षकले आफ्नै स्कुलमा अध्ययनरत रहेकी छात्रा किशोरी विद्यार्थीहरूलाई दुर्ववहार गर्दै कुटपिट गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेका छन् ।
गत आइतबार विहानको करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेका थिए ।
उता केही दिनकालागी सुनसरी जिल्लाको विभिन्न स्थानीय तह सहित भोक्राहा नरसिंह गाउँपालिकामा समेत गर्मी बिदा दिएका थिए ।
साेही साेही स्कुलमा कार्यरत शिक्षक अशोक मेहताले सुस्मिता कुमारी ठाकुर , पुजा मुखिया ,अन्जु उराँव लगायत ५ जना छात्रा विद्यार्थीहरुलाई कुटपिट गरेको स्विकार गरेको छ । शिक्षकको कुटपिट गरेका विद्यार्थीहरूकाे उपचार त भयाे तर उनी विद्यार्थीहरूकाे दिमागमा परेको मनाेबैज्ञानिक असरकाे उपचार कसले गर्ला भन्ने प्रशन खडा भएको छ ।कुटपिटबाट घाइते भएका विद्यार्थीहरूकाे अभिभावक र गाउँसमाज रहेका व्यक्तिहरूले छात्रा विद्यार्थीहरूलाई दुर्ववहार गर्ने शिक्षक अशोक मेहतालाई कारबाहीका लागि माग गरेका छन्। गर्मी विदा पछी विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरुलाई गर्मी भएपछि कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहताले ५ जना छात्राहरु लाई मुक्का र डेस्टरले कुटपिट गरेको पीडित विद्यार्थिहरुले बताएकी छिन् ।
कुटपिटबाट घाइते भएकी विद्यार्थीहरुको विद्यालय नजिकै रहेकोे किल्निकमा उपचार गराइएको विद्यार्थीका अभिभावकहरूले बताएका छन् ।
एक समाजिक अभियन्ता दिपेन्द्र यादवका अनुसार छाेरी (किशोरी) विद्यार्थीहरूलाई दुर्ववहार गर्ने जाे सुकै शिक्षक भएपनि कारवाहीकाे दायराभित्र ल्याउनुपर्ने गाउँपालिका अन्तरगत रहेको शिक्षा शाखासँग माग गरेको छ ।
त्यस्तै कुटपिट भएको घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहता सङ्ग प्रदेश प्वाइन्टका सह सम्पादक सुरेन्द्र मेहताले सोधपुछ गर्दा तपाई भिडियो ग्राफी किन बन्नु भएको ? तपाई पत्रकार हो भने ठुलो कुरा हो ,यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन्। भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका थिए । उता प्र अ मेहता जहिले नी गैरजिम्मेवार तरिकाले जवाफ दिने गरेको हुनाले शिक्षकहरुमा सद्भाव कायम नरहेको साथै गाउँबासीहरु समेत उहाँ प्रती दिनप्रतिदिन आक्रोश बन्दै गरेका छन् ।
प्रधानाध्यापक मेहताले विद्यालयमा आएदेखी त्यहाँको शैक्षिक अवस्था अस्त व्यस्त भनेको र कामै नगरी विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको स्कुल स्राेतले जानकारी समेत दिएको छ ।
Discussion about this post