इनरुवा – कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका र मिथिला कृषि सहकारी संस्था लिमिटेडको साझेदारीमा किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदान र सहकारी संस्थाको पचास प्रतिशत अनुदानमा १ वटा थ्रेसर उपलब्ध गराएको हो ।
कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको भाेक्राहा नरसिंह गाउँपालिका कृषि विकास शाखा प्रमुख विवेक कुमार यादवले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत अनुदानमा मल्टी थ्रसेर हस्तान्तरण गरिएको बताए ।
उता कार्यक्रमका प्रमुख अतिथि तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४(ख) का प्रदेश सभा सदस्य हाजी इस्राइल मंसुरीले कार्यक्रममा बाेल्दै भने नेपाल कृषि प्रधान देश भएकाे भन्दै भाेक्राहा नरसिंह गाउँपालिकामा पनि आगामी दिनमा संघीय र प्रदेशकाे सरकारकाे ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनलेे भने यहाँका किसान कुनैपनि कृषि प्राविधिक नभएको भन्दै प्राविधिक भन्दापनि बढी किसान बाली उत्पादन गर्नमा माहिर रहेको जानकारी दिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एंव भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले किसानलाई कृषि औजार वितरण गर्दै भने कृषियन्त्रको सदुपयोग र कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न एंव कृषिमा आत्मनिर्भर हुन आग्रह गरेकी थिइन् । उनलेे कृषिमा आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताइन् ।
हिजो मंगलबार कृषि औजार तथा मल्टी थ्रेसर किसानलाई हस्तान्तरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष उराँवले कृषि औजार सहि ढङ्गले प्रयोग गर्न आग्रह समेत गरेकी छन् । साथै कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने उनको भनाई रहेको छ ।
उता मिथिला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद मेहताले भने गाउँपालिकाले कृषकलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै आगामी वर्षमा पनि किसानको जीवन स्तर उकास्न र व्यवसायीक किसान उत्पादन गर्नको लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम समावेश गर्नुपर्ने माग गरेका छन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post