सुरेन्द्र मेहता / हरिनगर । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ४ को हरिनगरा बजारमा फोहोर खाजा नास्ता खुवाईरहेको पाइएको छ । हरिनगर बजारमा रहेको चियानास्ता फोहोर र बासी , सडेगलेको खुवाउने गरेको गुनासो बाहिर आएको छ । स्थानीय अरुण होटलले त झनै झिंगा मरेको तथा अस्वस्थ्यकर खानेकुराहरु खुवाउने गरेको फेला परेको छ । हरिनगरा बजारको रोडदेखि पूर्व लुम्बिनी विकास बैंकको छेउमा रहेको अरुण होटलमा झिंगा मरेको तथा अस्वस्थ्य खाजा, नास्ता र चिया सहितको खानेकुराहरु उपभोक्तहरुलाई खुवाउने गरेको पाइएको हो ।
हरिनगरा बजारमा रहेको चिया नास्ता पसल तथा होटलमा झिंगा मरेको तथा अस्वस्थ्यकर सगैं बासिसडेगलेका खानेकुराहरु खुवाउदै मानव स्वास्थ्यसङ्ग खेलवाड गरिदै आएको उपभोक्ताहरुले बताएका छन् । हरिनगर गाउँपालिकाको कृषि शाखामा काम गर्ने कर्मचारी राधेश्याम पाण्डितले मंगलबारको दिन साझ ५ बजे अरुण साहको होटलमा चिया नास्ता खान गएको समयमा पकोडा, समोसा र छोलामा झिङ्ग मरेको फेला पार्नुभएको थियो । खाजा खानेकुरामा नै फोहोर गनाउने र तरकारीमा मरेको झिगां फेला परेको बताउनुभयो ।
केही दिन पहिला अरुण साहकै होटमा अर्को एक जनालाई बासी समोसा खान दिइएको समेत गुनासो बाहिर आएको छ । संयोग के छ भने बजार अनुगमन समितिका संयोजक एवम् हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतको घरकै अगाडीको पसलहरुमा अस्वस्थ्यकर खाजा खुवाईरहेको भएपनि बजार अनुमगन गरिएको छैन् । अरुण होटलमा दैनिक रूपमा चिया नास्ता तथा खाजा खाने नयाँ नयाँ ग्राहकले अस्वास्थ खाजा खाईरहेको र केही विरामी समेत हुने गरेकाले मानव स्वास्थ्यसङ्ग खेलवाड गर्ने अर्थात यस्ता लापरवाही गर्ने होटल संचालकलाई कार्वाही गर्नका लागि माग गरेका छन ।
Discussion about this post