इनरुवा । रामधुनी नगरपालिकाका मेयर, उपमेयरसहितका जनप्रतिनिधिले नापी कार्यालय इनरुवा सुनसरीले जग्गाको कित्ताकाट नखोली दुःख दिएको भन्दै कार्यालय प्रमुखविरुद्ध घेराउसहित आक्रोस पाखेका छन ।
नापी कार्यालयका प्रमुख संजिव साहलाइ्र्र पटक-पटक भेटेर जग्गाको कित्ताकाट छिटो खोल्न माग गर्दा आजभोली भन्दै रामधुनीका जनप्रनिधिलाई दुःख दिएपछि बिहीवार जनप्रतिनिधिहरुको टोलीले नापी कार्यालय घेराउ गर्दै कार्यालय प्रमुख विरुद्ध आक्रोस पोखेका हुन ।
बिहीवार जनप्रतिनिधिसँगै आएका रामधुनीका स्थानीयले कार्यालय प्रमुख साहको कार्यकक्षमा होहल्ला गर्नुका साथै कुर्सीसमेत तोडफोड गरेका थिए ।
रामधुनी नगरपालिकाले भु-उपयोग परिषदको निणर्य बमोजिम जग्गा वर्गिकरण गरेर कित्ताकाट खोल्न पठाएको दुइ्र्र महिनासम्म पनि कित्ताकाट नखोली नापी कार्यालयका प्रमुख संजिव साहले दुःख दिएको भन्दै हो-हल्ला गरेपछि कर्मचारीको सुरक्षका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले नापीमा प्रहरी परिचालन गरेको थियो ।
रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले रामधुनी नगरपालिकाले २०८० जेठ ४ गते भु-उपयोग ऐन तथा नियमावली २०७९ बमोजिम भुउपयोग वर्गिकरण सम्बन्धी मापदण्ड भुउपयोग परिषदबाट स्वीकृत भइ्र्र भुउपयोग वर्गिकरण नक्शा तयार भईसकेको व्यहोरा खुलाई पठाउन माग गर्दा हालसम्म कित्ताकाट खु्रल्ला नगरेकाले जनप्रतिनिधिहरु जवाफ माग गर्न आएको बताए ।
मेयर चौधरीले नापी कार्यालयका प्रमुख र कर्मचारीले जनप्रतिनिधिको आग्रहलाई वेवास्ता गर्दै कागज नमिलेको भन्दै दुई महिनादेखि काम रोकेर राखेकाले जनतालाइ्र्र छिटो छरितो सेवा प्रवाह गर्न तर्फ ध्यान नदिएपछि बिहीबार कार्यपालिकाको टोलीले ध्यानआर्कषण गराएको बताए ।
होहल्लापछि नापी कार्यालयले रामधुनी नगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गाको वर्गिकरण अनुसार आज शुक्रवारदेखि लागु हुनेगरि कित्ताकाट खोल्न भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीलाइ्र्र पत्राचार गरेको थियो ।
नापी कार्यालयको पत्र बमोजिम भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौलाले रामधुनी नगरपालिकाको २०८० असार ३ गतेको पत्रअनुसार स्थानीय राजपत्रमा प्रकाशित सुचना अनुसार लिखत, नामसारी, दाखा, रोक्का, संसोधन लगायतका लागि सिफारिस गरि पठाउन समबन्धीत वडा तथा सरोकारवाला सेवाग्राहीलाई सुचना मार्फत जानकारी गराएका छन ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post