• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सर्वसाधारणलाई सीमावर्ती बजार जोगबनी नाका सहज बन्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० साउन ६ गते, २२:३३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सर्वसाधारणलाई सीमावर्ती बजार जोगबनी नाका सहज बन्दै
12
SHARES
Share on FacebookShare on Twitter

मोरङ — सीमामा कडाइ गर्दा वारिको विराटनगर बजारमा उपभोक्ता मर्कामा पर्ने गरी मूल्यवृद्धि एवं कालोबजारी हुन थालेको गुसानो बढ्दै गएपछि सोमबारदेखि प्रहरी–प्रशासनले व्यावहारिक एवं लचिलो नीति अख्तियार गरेको छ । सर्वसाधारणलाई सीमावर्ती बजार जोगबनीबाट दैनिक उपभोग्य सामग्री किनेर ल्याउन सहज बन्दै गएको छ ।
जोगबनीमा प्रतिकिलो ६० रुपैयाँ पर्ने चिनी विराटनगरमा ८५ रुपैयाँ, १७० रुपैयाँ लिटर पर्ने खाने तेल २९०, ९ सय रुपैयाँ पर्ने प्रतिकिलो जिरा १३ सय, प्रतिकिलो १ सय ८० पर्ने अनार ३६० देखि ४ सय रुपैयाँ, ५ सय रुपैयाँको सुतीको कुर्ता–सुरुवाल र साडी १ हजार ५ सयसम्ममा बिक्री भइरहेको छ । जुत्ता–चप्पलकै जोडीमा पारिभन्दा वारि दोब्बर मूल्य छ । चामलको बोरामै ३/४ सय रुपैयाँको फरक पर्छ ।
विराटनगर–६ का किसान रामकुमार कामतलाई शुक्रबार सीमावर्ती भारतीय बजार जोगबनीबाट दैनिक उपभोग्य सामग्री खरिद गरेर ल्याउने क्रममा रानी नाकामा भन्सार कर्मचारी र सशस्त्र प्रहरीले रोके । झोलामा ल्याएका सामान कर्मचारी र सशस्त्र प्रहरीले हेरेपछि उनी घरतर्फ लागे । विराटनगर–४ का गृहिणी मीना खड्काले चिनी, खाने तेल, डिटरजेन्ट पाउडर, जिरा, साडी, कुर्ता, गन्जीलगायतका दैनिक उपभोग्य सामग्री जोगबनीबाट किनेर ल्याउने क्रममा भन्सार कर्मचारी र सशस्त्र प्रहरीले रोकेर हेरेपछि घरतर्फ जान दिए ।
सीमामा अघिल्ला दिनहरूको जस्तै तँछाडमछाड वा खोसाखोसका दृश्य देखिएनन् । विराटनगर महानगर प्रमुख नागेश कोइरालाको पहलमा विराटनगर भन्सार कार्यालय र स्थानीय प्रशासनले सीमावर्ती भारतीय बजार जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान किनेर ल्याउनेलाई साउन १ देखि भन्सार तिर्न लगाएका थिए । तर खाद्यान्नको भन्सार नकाटिँदा सर्वसाधारण हैरानी बेहोर्न बाध्य भएका थिए ।
भन्सार कर्मचारीले खाद्यान्न सामग्रीको भन्सार काट्न जीएसटी बिल र क्वारेन्टाइन जाँच आवश्यक भएकाले जोगबनीबाट किनेर ल्याएका खाद्य सामग्री खरिद गरेकै पसलमा फर्काउन लगाएका थिए । भन्सार तिर्न तयार हुँदा पनि उपभोक्तासँग भन्सार नलिई सामान फर्काउन बाध्य पारेकाले महानगर प्रमुख कोइराला, भन्सार कर्मचारी र स्थानीय प्रशासन आलोचित बनेका थिए ।
वर्षौंदेखि जोगबनीबाट बिनारोकटोक उपभोक्ताले दैनिक उपभोग्य सामग्री खरिद गरेर ल्याउने गरेको तर महानगर प्रमुख कोइरालाले त्यो परम्परा तोडेर भन्सार तिर्न लगाएको र खाद्य सामग्री महँगो मूल्यमा विराटनगरमा खरिद गर्न बाध्य बनाएको भन्दै महानगरवासी विरोधमा थिए । कांग्रेसका मोरङ उपसभापतिसमेत रहेका महानगर प्रमुख कोइरालाको पार्टी पंक्तिबाट पनि विरोध हुन थालेपछि रानी नाका सहज बनाउँदै लगिएको हो ।
विराटनगरसँग टाँसिएको बजारभन्दा यति धेरै मूल्यमा फरक रहेकाले महानगरवासी विरोधमा उत्रेको स्थानीय रामप्रसाद खतिवडाले बताए । ‘सीमामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले सधैं सीमावर्ती बजारबाट सस्तोमा खरिद गर्दै आएकाले यति धेरै चर्को महँगो मूल्यमा खरिद गरेर खाँदैनन्,’ उनले भने, ‘त्यसैले सरकारले बजार मूल्यमा सामञ्जस्य नल्याएसम्म सीमामा बसोबास गर्नेलाई सीमावर्ती बजारबाट सामान किनेर ल्याउन नदिने काम गाह्रो नै हुन्छ ।’
भन्सार तिरेर सबै खाले सामान ल्याउन दिने हो भने विराटनगरभन्दा जोगबनीबाटै ल्याउँदा सस्तो पर्ने स्थानीय युवती मनीषा चौधरीको अनुभव छ । ‘सीमामा सर्वसाधारण उपभोक्तालाई दुःख दिएर राजस्व बढ्दैन, सेटिङ मिलाएर दिनरात हुने तस्करी रोक्नुपर्छ,’ चौधरीले भनिन्, ‘विराटनगरको खुला बजारमा पसलपिच्छे व्यापारीहरूले सामानको मनपरी मूल्य राख्छन्, भ्याट बिल माग्यो भने हच्किन्छन्, कालाबजारीको योभन्दा ठूलो उदाहरण के पो हुन सक्छ ?’
भन्सार नाकामा भएको कडाइले आफूहरूको व्यापार ५ प्रतिशतमा झरेको जोगबनीका किराना पसल सञ्चालक सञ्जित साहले बताए । ‘जोगबनी बजारमा नेपाली रुपैयाँमै कारोबार भइरहेकोबाट पनि नेपाली ग्राहकमै यो बजार निर्भर रहेको प्रस्ट छ,’ उनले भने, ‘नेपाली ग्राहक आउन रोकिएपछि बजार शून्य हुनु स्वाभाविक हो । तर अब फेरि केही सहज हुन थालेकाले विराटनगरका ग्राहक आउन सुरु भइसकेको छ ।’ जोगबनीमा काठमाडौं, पोखरा, धनकुटालगायत ठाउँबाट आउने ग्राहक भन्सारमा भएको कडाइले रोकिएको हुँदा पुनः व्यापार बढ्न समय लाग्ने उनको भनाइ छ ।
कपडाको खुद्रा व्यापार ठप्प भएको तर थोक व्यापार बढेको जोगबनीका कपडा व्यवसायी विजय अग्रवालले जनाए । ‘भन्सारमा कडाइ भएदेखि दिनको एक हजारभन्दा बढी साडी र सोही अनुपातमा अन्य कपडाको अर्डर फोनमै आउन थालेकाले पहिलेभन्दा अहिले नै राम्रो व्यापार भइरहेको छ,’ उनले भने, ‘यति लामो खुला सीमा नाका रहेकाले कहीँ न कहीँबाट तस्करहरूले व्यापारीहरूले गरेको अर्डर लगिहाल्छ । त्यसैले व्यापारमा कुनै समस्या छैन ।’
जोगबनी बजार अहिले पहिलेको भन्दा सुनसान भएको तर हरेक क्षेत्रको थोक व्यापार बढेको उनले सुनाए । ‘रानी भन्सारमा सरकारले कडाइ गरेर हुन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन आउने देशमा भन्सार तिरेर कसैले व्यापार गर्न सक्छ,’ उनले भने, ‘नेपाली व्यापारीहरूले भन्सार तिरेर स्टक मात्रै म्यानेज गर्ने हो, बाँकी त तस्करीको नै सामान त बेच्ने हो नि ।’
जोगबनी बजारका करिब ५० प्रतिशत व्यापारी र कामदार नेपालकै रहेको कपडा व्यापारी सञ्जय अग्रवाल बताउँछन् । ‘उनीहरू बिहान आउँछन्, राति घर फर्कन्छन्, कमाएर पनि नेपालमै ल्याउँछन्,’ उनले भने, ‘जोगबनी बजारबाट उपभोक्तालाई मात्र नभएर नेपाली व्यापारी र श्रमिकसँगै सरकारलाई पनि फाइदा छ ।’
यता भन्सार नाकामा कडाइ भएदेखि विराटनगर बजारमा १५ देखि २० प्रतिशत व्यापार बढेको व्यवसायीको भनाइ छ । भन्सार नाकामा कडाइ भएदेखि व्यापारमा सुधार भएको भाटभटेनी सुपरमार्केट विराटनगरका म्यानेजर परशुराम तिम्सिनाले जनाए । ‘नाकामा कडाइ भएदेखि भाटभटेनीमा मात्रै नभई समग्र विराटनगर बजारको नै व्यापार बढेको छ,’ उनले भने, ‘समग्रमा १५ प्रतिशतसम्म बजार बढेको हो ।’
भन्सार नाकामा कडाइ भएपछि विराटनगरका व्यापारीहरूले मूल्य बढाएर उपभोक्ता ठगिरहेको गुनासो बढेपछि जिल्ला प्रशासन मोरङको अगुवाइमा विराटनगर महानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले शुक्रबारदेखि बजार अनुगमन सुरु गरेका छन् । अनुगमन टोलीले भाटभटेनी र सेन्ट्रल मलमा अनुगमन गर्ने क्रममा उचित मूल्यमा गुणस्तरीय सामान सहज तरिकाले सेवाग्राहीलाई बिक्री गर्न निर्देशन दिएको छ ।

Tags: जोगबनी नाकासर्वसाधारणलाईसहज बन्दैसीमावर्ती बजार

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist