दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले सेवाग्राहीहरूलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले माेवाइल चार्जिङ स्टेसन स्थापना गरिएको छ ।
गाउँपालिकाकाे तीन तल्ले भवनमा सेवाग्राहीहरूकाे सहजताका लागि तीन ठाउँमा माेवाइल चार्जिङ स्टेसन राखिएको भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयाे ।
उहाँले दिएको जानकारीअनुसार हाम्रो भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गरेर माेवाइल चार्जिङ स्टेसन राखिएको बताउनुभयाे ।
उता पालिकामा प्रशासनीक कामकाजलाई मुस्कान सहितको भावनाका साथ सेवामैत्री कार्यालय बनाउने उदेश्यले विभिन्न कार्यकक्षहरु समेत संञ्चालन भएको प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । जसअन्तर्गत भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे उनीहरूको सहजताका लागि सेवाप्राप्त गर्ने अवधिभर आफ्नो काखको बच्चाबच्ची भोकाएर आमाको दुध खुवाउन परेमा अलग्गै स्तनपान कक्षको व्यवस्था समेत गरिएको छ । त्यसका साथै पालिका कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय व्यवस्था गरेको छ ।
त्यस्तै,कार्यालय परिसरलाई अपांग मैत्री तुल्याएको छ ।यसका लागि गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भईतलाबाट नै सेवा प्रवाह गर्दै आउनु भएका छन् ।भने बढी सेवाग्राहीहरूकाे भीडभाड हुने प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, स्वास्थ्य शाखा, घरनक्शा शाखा, याेजना शाखा दाेश्राे तल्लामा राखिएको छ ।
त्यस्तै राेजगार सेवा केन्द्र , सूचना प्रविधि शाखा, शिक्षा शाखा , कृषि तथा पशुपक्षी विकास शाखा लगायतका कम भिडभाड हुने शाखा कार्यालय तेस्रो तल्लामा राखिएको प्रशासन शाखा प्रमुख बसन्तप्रभा खनालले जानकारी दिइन् ।
उता कार्यालयमा सेवा लिन सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न कार्यरत कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले निर्देशन दिनुभएको प्रशासन शाखा प्रमुख खनालले बताइन् ।
Discussion about this post