इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेका इनरुवा नगरपालिका वडा-१ स्थित अस्पताल अगाडि एकजना महिलाको दुर्ववहार गरेको विभिन्न समाचार माध्यममा प्रकाशित समाचार भ्रामक रहेको छ । हिजो मंगलबार प्रकाशित समाचार गलत सूचना प्राप्त भएको कारण भ्रामक समाचार प्रकाशन भएको थियो ।
इनरुवाका केहि मेडिकल व्यवसायीलाई बदनाम गर्ने नियतमा आधारित रहेर समाचार माध्यमलाई सुचना दिएको र सम्बन्धित सञ्चारमाध्यमले सोही अनुसार प्रकाशन गरेका थिए । घटनाको सत्य र तथ्य बुझ्न् नसकेको कारण र समाचार माध्यमलाई गलत सूचना जानकारी प्राप्त भएकोले जनसमुदायमा भ्रामक समाचार प्रकाशन हुन् पुगेको भन्दै सम्बन्धित समाचार माध्यमहरुको ध्यानाकर्षण भएको बताएका छन् ।
गलत सूचना प्राप्त भएपछि प्रकाशित भ्रामक समाचारका पछि नलाग्न सम्बन्धित समाचार माध्यमहरुले जनसमुदायमा आग्रह सहित आव्हान गरेका छन् । साथै जनसमुदायमा भ्रामक समाचार प्रकाशित भएपछि क्षमा याचना समेत गरेका छन् । अगामी दिनमा यस किसिमको घटना नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
Discussion about this post