इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार भेटभाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९।०८०मा प्रहरीमा आएको उजुरीदेखी प्रहरीले गरेको अनुसंधान, शान्ती सुरक्षा सहितको बारेमा जानकारी दिन सुनसरी प्रहरीले पत्रकार भेटभाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । प्रहरीले हत्याको आरोपीत गिरफतार देखी चोरी, तस्करी नियन्त्रणसम्मको कार्यमा सफलता हासिल गरेको कार्यक्रममा जनाएको थियो ।
उता सुनसरीमा एक वर्षमा १३२ जना हराएर बेपता भएका छन् । आर्थिक वर्ष २०७९।०८०मा ६२४ जना हराएकोमा चार सय ९२ जना फेला परेपनि अझै १३२ जना बेपता रहेका छन् । प्रहरीको सकृयतामा हराएको व्यक्तिहरुको खोजतलास गर्दा ६२४ जना हराएको व्यक्ति मध्ये चार सय ९२ जना फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार हराएकोमा cअझै १३२ जना बेपता रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले विभिन्न उमेर समूहका व्यक्तिहरु हराएको निवेदनको आधारमा खोज तलास गर्दा चार सय ९२ जना फेला परेको जानकारी दिनुभयो । उहाँले हराउने फेला पर्ने मात्रै नभई जिल्लामा आएको एक हजार १३ थान निवेदन मध्ये ६५२ सहमती मेलमिलाप गराएको र ६ जना सम्बन्धीत निकायमा गएको २४९ वटा निवेदन माथि निरन्तर सुनुवाई भईरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नेतृत्व सफल हुनका लागी समूह कार्य, भावना र एकता आवश्यक रहेको बताउनुहुदै कोशी प्रदेशमै उत्कृष्ट भएकोमा प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय परिवारलाई बधाई तथा शुभकामना दिनुभयो । पाण्डेले पेशाप्रति बफादार रहि इमान्दारिता पूर्वा कार्यसम्पादन गर्न र जनमैत्री काम गर्न आग्रह गर्नुभयो । अहिलेसम्म गरेको राम्रो काम र अभ्यासलाई निरन्तरता दिदै सुधार गर्नुपर्ने सबालहरुलाई सुधार्दै लान सुझाव दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट तथ अन्तरकृया कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मन्त्वय व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको भियो भने सबै प्रहरी युनीटको इन्चार्जहरुको उपस्थिती रहेको थियो । नेपाल प्रहरी श्रीमती संघका रन्जना उप्रेती समेतको उपस्थितीमा भएको कार्यक्रममा प्रहरीले गरेको अपराधन अनुशंधानका सफलताका कथाहरु, प्रगतिहरु, लागु औषध नियन्त्रण, चोरीतस्करी न्युनिकरण, राजस्व संकलनमा योगदान , फरार प्रतिबादी पक्राउ लगायतका विवरणहरु सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको पत्रकार भेटभाट तथ अन्तरकृया कार्यक्रममा पत्रकार जयकृष्ण यादवले मन्त्वय राख्नुहुदै प्रहरीको सकारात्मक कार्यको प्रसंशा र नकारातमक कार्यको आलोचना गर्ने बताउनुभयो । यादवले प्रहरी कार्यालय कोशी प्रदेशमै उत्कृष्ट भएकोमा प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय परिवारलाई बधाई दिनुभयो ।
Discussion about this post