इनरुवा। पछिल्लो समय यता काेशी प्रदेशकाे विभिन्न जिल्लामा नवजात शिशु फाल्ने क्रम बढिरहेका छन् ।
केही महिना अघिमात्रै सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ र हरिनगर गाउँपालिकाकाे भुटाहा नजिकै रहेको हुलाकी राजमार्गमा एक जना महिलाले आफ्नै नवजात शिशुलाई फालेर बेपता भएकी थिइन् । उनकाे खाेजीकार्य प्रहरीले गरिए पनि ती महिलालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन् । त्यसलगत्तै भाेक्राहा नरसिंह वडा नं. ५ सँगै जाेडिएकाे इनरूवा नगरपालिका वडा नम्बरको ९ बविया नजिकै रहेकाे सामवाला चाैक स्थित रहेको सुनसरी खाेला पुल किनारा समेत नवजात शिशु फालिएको घटना जीवितै छन् ।
त्यहाँ फालिएको नवजात शिशुलाई भने एक जनाले मेराे बच्चा हाे भन्दै स्थानीय र प्रहरीले जिम्मा लगाएकाे थियोे ।
त्यस्तै केही महिनाअघि धरान र हरिनगर गाउँपालिकाकाे हरिनगर बजारमा समेत नवजात शिशु फालिएको थियोे ।
हालै फेरिपनि झापा जिल्लाको भद्रपुर झाडीमा भेटिएको नवजात शिशुको हकदाबीका लागि भद्रपुर नगरपालिकाले सात दिने सूचना निकालेको छ । गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका- ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेको थियो ।
हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने, हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रगको पन्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए ।नवजात शिशुको हाल सम्म बुवाआमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचाररत रहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखाको पत्रबाट लेखि आएको र मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वास्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषणगृहमा रहेको छ ।
उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिन भित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख गरिएको छ ।सात दिनभित्र कोही पनि हकदाबीका लागि नआएको खण्डमा फेरि तीन दिने सूचना प्रकाशन गरिने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् ।
‘दोस्रो पटकको सूचनामा पनि कोही सम्पर्क नआए शिशुको अभिभावकत्व ग्रहणका लागि आमाबुबा बन्न नसक्ने अभिभावकहरू अदालती प्रक्रियामा जान मिल्छ,’ उनले भनिन्, ‘अदालतबाट प्रक्रिया पूरा गरी आएको अभिभावकलाई मात्र नगरपालिकाको संरक्षणमा रहेको शिशुलाई जिम्मा लगाउन मिल्छ ।
‘ यतिकै कसलाई शिशु जिम्मा लगाउन नपाइने कानुनमा उल्लेख रहेको उनले बताइन् ।
Discussion about this post