सितल यादव/ नरसिंह ।
आज असोज ३ गते संविधान दिवसको अवसरमा बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको नरसिंह महादेव बाबा भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर -७मा वृक्षारोपण गरी संविधान दिवस मनाइएको छ । सरस्वती स्काउट ट्रूपको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउटर सम्पूर्ण बिद्यार्थी , सञ्चारकर्मी, अन्य सर्जक सहितको सहभागिता थियो ।सो अवसरमा सरस्वती ट्रूपको अध्यक्ष सितल यादव , सरस्वती मा.वि. का (विव्यस) समितिका अध्यक्ष जयकृष्ण यादव ,नरसिंह महादेव बाबा मन्दिरको सचिव रमेश यादव ,नेपाल पत्रकार महसंघका जिल्ला सदस्य दिपेन्द्र यादव , आवार सुनसरी डट कमको सञ्चालक गणेश यादव ,समाजसेवी रतिलाल मेहता, मूलचन यादव , मन्दिर पुजारी विजु शाह, पुजारी सत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो । स्काउटरहरु सितल यादव , धिरज यादव, मिथलेश यादव, मनिष यादव, राहुल यादव, अमन मेहता, बबी यादव, मधु यादव, रुबी यादव,बिविका यादव,अश्मिता यादव, आरती यादवले स्वयंसेवीको रूपमा योगदान गरेका थियो।
स्थानीय तह प्रसिद्धस्थलको रूपमा रहेको नरसिंहनाथ महादेव बाबा मंदिर धार्मिक महत्त्वका विभिन्न जातका बिरुवा रोपिएको छ । सरस्वती स्काउटको अध्यक्ष सितल यादवकाे नेतृत्वमा आएका समुहले वृक्षारोपण गरेकोमा धन्यवाद दिदैं टोलीलाई स्वागत तथा सम्मान गरेको थियो।सरस्वती मा. वि. का विव्यसका जयकृष्ण यादवले स्वागत मन्तव्य राखेको थियो । यादवले हर्याली बढाउने , पर्यावरण संरक्षण राख्ने धार्मिक पर्यटकय स्थलको रूपमा परिचित हुन्न सक्छ भने सहितको अपेक्षा राखेको थियो ।त्यसैगरी महादेव बाबा मन्दिरको सचिव रमेश यादव सहित मन्तव्य राखेको थियो । यादवले गाउँ गाउँमा संविधान दिवसको बारेमा जानकारी भयो ।यसको लागि सरस्वती स्काउट अध्यक्ष सितल यादवलाई धन्यवाद ज्ञापन गरेका थिए।समाजसेवी रतिलाल मेहता सहितको मन्तव्य राखेका थियौ । २०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न जातका बिरुवा लगाई संविधान दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइयो सरस्वती स्काउटको अध्यक्ष सितल यादवले जानकारी दिए ।
Discussion about this post