देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा निर्माण कार्य सम्पन्न भएकाे अनन्त भगवानकाे मन्दिर हिजो बुधवार उद्घघाटन गरिएको छ ।
अनन्त पुजाकाे अवसर पारेर वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता विशेष पुजा गरि मन्दिरकाे उद्वघाटन गरेका थिए । मन्दिर उद्वघाटन पूर्व कालस यात्रा निकालिएकाे थियाे । वडा कार्यलाय र स्थानियहरूकाे आर्थिक सहयाेगमा मन्दिर निर्माण गरिएकाे छ ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हिरनन्दन मेहता, वडा सदस्य प्रशुराम यादव, छुतहरू पासवान लागयत स्थानीयहरूकाे सहभागिता रहेकाे थियाे ।
देवागनञ्ज गाउँपालिकामा पहिलाे अनन्त भगवानकाे मन्दिर यसरी भव्य रूपमा बनाई उद्घाटन गर्न पाउँदा आफू खुशि भएकाे वडा अध्यक्ष मेहताले बताउनु भयाे । मेहताले भने अनन्त भगवानले सम्पूर्ण वडा बासिकाे कल्यान गर्नु र आफुले सके जति सहयाेग गर्न तयार रहेकाे समेत बताउनु भयाे ।
मन्दिरमा आज बिहिवार देखि २४ घण्टे अष्टयाम समेत हुने कार्यक्रम रहेकाे मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादवले बताउनु भयाे ।
Discussion about this post