इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इनरुवा सुनसरीले आज दिउँसो भूमि सुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीबाट खटेको टोलीले सुनसरीकाे इनरूवा स्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेग इटहरीले १ लाख ५० हजार रूपैयाँ सहित पक्राउ गरेका छन् ।उनीहरू दुवै जना भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीको रजिष्टरेश शाखा (ख) मा कार्यरत कर्मचारी हुन् ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कार्यालयका प्रवक्ता भाेला दाहालका अनुसार नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको बताएका छन् ।
उनलेे बताएअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएकाे टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई १ लाख ५० हजार रूपैयाँ लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको जानकारी दिए ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ ।
Discussion about this post