• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

टीकापुरमा कार्यपालिकाको निर्णय उल्ट्याइ दिए हाकिम ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज १३ गते, १९:१७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
टीकापुरमा कार्यपालिकाको निर्णय उल्ट्याइ दिए हाकिम ?
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।
उनले सो बैठकको निर्णय नम्बर १० ले जिम्मेवारी खोसिएका सिभिल इन्जिनियर नवराज जोशीलाई पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको प्रमुखमा पुर्नबहाली गरेका छन। उनले २०८० असोज १० गते देखी लागु हुने गरी जोशीलाई शाखा प्रमुखको जिम्मेवारी तोकिएको व्यहोरा सहितको पत्र दिएका छन।
लामो समयदेखी शाखा प्रमुखको जिम्मेवारीमा रहेका जोशीलाई सडक बोर्ड नेपाल अन्तर्गतको कार्यक्रममा बदमासी गरेको भन्दै कारबाही स्वरूप जिम्मेवारी खोसिएको थियो। उनले टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी जाने सडक आफू खुसी मर्मत गरेका थिए। सो सडक गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो।
आयोगले सडक मर्मत गर्न लगाएको थियो। मर्मत गरेको सडक समेत एक वर्ष नपुग्दै पुनः भत्किए पछि नगरपालिकाको तर्फबाट प्राविधिक पक्ष हेरेका जोशी दबाबमा परेका थिए। उनले आयोगको कारबाहीबाट जोगिन नगरपालिकालाई जानकारी नै नदिई आफू खुसी सडक मर्मत गर्न लगाएका थिए।
उनले कार्यपालिका बैठकले अन्यत्र मर्मत गर्न निर्णय गरेको सडकको रकमलाई आफू खुसी अख्तियारमा मुद्दा परेको सडकमा खर्च गरेर दुरुपयोग गरेको भन्दै कारबाही भएको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले निर्णयमा व्यहोरा उल्लेख नभए पनि सोही घटनामा जोशीलाई कारबाही भएको जानकारी दिए।
उनले कार्यपालिका बैठकमा जोशीले सम्हाल्दै आएको जिम्मेवारी इन्जिनियर नवीन ओझालाई दिइएको बताए। निर्णयमा इन्जिनियर ओझालाई अर्को व्यवस्था नभएसम्म शाखाको जिम्मेवारी तोक्ने उल्लेख छ।
त्यस यता शाखाको जिम्मेवारी सम्हाल्दै आएका इन्जिनियर ओझाले स्वास्थ्य समस्याका कारण भन्दै शाखा प्रमुखबाट असोज ९ गते राजीनामा दिएका छन। उनलाई शाखाको जिम्मेवारी सम्हालेदेखि नै जोशीले दबाब दिँदै आएका थिए। उनीहरु दुवै जना आफन्त समेत हुन।
यही असोज २ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्ट आएपछि ओझा माथिको दबाब बढ्दै गएको थियो। ओझाले अनावश्यक दबाबमा रहेर काम गर्नु भन्दा राजीनामा दिन उपयुक्त ठानेको स्रोतको दावी छ। यस बारेमा ओझाले कुनै प्रतिक्रिया जनाउन चाहेनन्। । उनले आफू बिरामी भएकाले दुई दिनदेखि विदामा रहेको बताए।
कार्यपालिका बैठकले गरेको निर्णय मिचेका प्रमुख प्रशासकीय अधिकृत विष्टले सबैसँगको सरसल्लाहमा यस्तो कदम उठाएको बताए। कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याउन सक्ने कानुनी आधार के हो ?भन्ने प्रश्नको जवाफमा थप बोल्न चाहेनन्। ‘यस्ता विषय टेलिफोनमा गर्नुहुन्न’ उनले भने –‘कार्यालयमा आउनुस् बसेर कुरा गरौँ।’ उनले अन्त्यमा यस विषयमा समाचार नलेख्न आग्रह गरे।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुको मोबाइल रिसिभ गर्ने व्यक्तिले बिग्रेर मर्मतका लागि छोडिएको बताए भने उपप्रमुख खडक बहादुर शाहले यस विषयमा कुनै सरसल्लाह नभएको र आफूलाई कुनै जानकारी समेत नभएको बताए।
प्रमुख प्रशासकीय अधिकृत विष्टले कार्यपालिका बैठकले गरेको नीतिगत निर्णय विरुद्ध चालेको कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। उनले जोशीलाई सो शाखाको जिम्मेवारी दिएर कारितास नेपालसँग सम्झौता भएको भनिएको बाढी प्रभावित घरपरिवारका लागि कम लागतमा बाढी प्रतिरोधक आवास निर्माण परियोजनाको काम सम्पन्न गर्न खोजेको देखिन्छ।
परियोजना अन्तर्गत घर निर्माण बापत नगरपालिकाले भुक्तानी गर्नुपर्ने १ करोड ३० लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन। तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै सम्झौतामा हस्ताक्षर गर्न नमाने पछि परियोजनाको काम रोकिएको छ। सोही रोकिएको कामलाई सम्पन्न गराउन प्रमुख थारुले बिस्टलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा रोजेको स्रोतको दावी छ।

Tags: उल्ट्याइ दिएकार्यपालिकाकोटीकापुरमानिर्णयहाकिम ?

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist