राजविराज । सप्तरीमा एक जना स्वास्थ्यकर्मी लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिकामा स्वास्थ्य शाखा संयोजकका रुपमा कार्यरत छिन्नमस्ता गाउँपालिका–२ महुवाका राजनारायण ठाकुरलाई बोदे वरसाईन बजारस्थित शत्रुधन चोकबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सवार ठाकुरलाई प्रहरीले चेकजाँज गर्दा उनको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका ठाकुरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post