बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न ६ दिनको समय दिएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुखले असोज २६ गते साँझ ५ बजे सम्म आफ्नो दाबी पेस गर्न समय दिएका छन्।
शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।
Discussion about this post