इनरुवा । सनुसरीको गढी गाउँपालिकामा विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष “जीवन र खाध्यको आधार हो पानी”भन्ने नाराका साथ गढी गाउँपालिकाकाे कार्यालयले प्रभातफेरी कार्यक्रम गरि विश्व खाद्य दिवस मनाइएको हाे ।
“जीवन र खाध्यको आधार हो पानी” भन्ने मुल नाराका साथ गढी गाउँपालिकाको आयोजानामा ४३ औं विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी साहले जानकारी दिइन् ।खाद्य दिवसको अवसर पारेर पालिकाकाे आयाेजनामा गरिएको प्रभातफेरीमा जल संरक्षण र सदुपयोग नै जीवनको आधार सबैको लागि आहार, दिगो कृषि र पोषिलो आहार सहितको प्लेकार्ड सहित प्रभातफेरी गरिएको उनले बताइन् ।
उनलेे भने किसानको आलीदेखि चुलोसम्म देखेका समस्या स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न हामीले विश्व खाद्य दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रम मार्फत स्थानीय नागरिकलाई ध्यानाकर्षण गरिएको बताइन् ।
उता विश्व खाद्य दिवसको अवसरमा गढी गाउँपालिकाका कृषि विकास शाखाले खाना र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिएको कृषि विकास अधिकृत जिन्नी चाैधरीले जानकारी दिइन् ।
मानिस मात्रका कारण प्रकृतिमा व्यापक फेरबदल आएको र यसले बहुसङ्ख्यक जीवनयापनका आयाममा सङ्कट थप्दै लगेको स्थानीय जनसामुदायमा ध्यानाकर्षण गरिएको उनलेे बताइन् । त्यस्तै कृषि विकास शाखाकी कृषि सहायक प्राविधिक रेनुका चाैधरीले प्रदेश प्वाइन्ट अनलाइनका प्रतिनिधिसँग कुरा गर्दै भने बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभाबी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक भएकाले समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको उनले बताइन् ।
त्यस्तै विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरी उपयुक्त मितिमा मनाइने प्रचलनअनुसार यस वर्ष राष्ट्रियस्तरमा आज बिहीबार विविध कार्यक्रम गरि मनाइएको छ ।
Discussion about this post