इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम सुरू भएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय चिराैली सुनसरीको आयाेजना तथा सेभ द अर्थ सुनसरी र फेयर मेड (हेल्थ फाेर द पाेरेस्ट) काे सहयोगमा नरसिंह स्वास्थ्य चाैकी व्यवस्थापन समितिका पदाधिकारीहरूलाई तालिम दिइरहेेका छन् ।
उक्त तालिम भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादवको अध्यक्षतामा सुरु भएको सेभ द अर्थका सामाजिक परिचालक रूकसाना प्रविणले जानकारी दिइन् ।
साे तालिममा जनस्वास्थ्य निरिक्षक द्वय रामाशंकर साह, प्रदीप यादव, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साह, वडा सचिव सिताराम मेहता, मुकेश यादव, दिपेन्द्र यादव, लालु मण्डल , अपांग सदस्य अजिम मियाँ, स्वास्थ्य स्वयंसेवीका पुजा देवी मण्डल , जनता माध्यमिक विद्यालयका विद्यार्थी पुष्षा कुमारी मण्डल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको बताइएको छ ।
उता स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धिका प्रशिक्षक सेभ द अर्थ परियाेना संयाेजक मनिष सुवेदी, परियाेजना सुपरिवेक्षक प्रवेश रिजालले प्रशिक्षण दिइरहेका समाजिक परिचालक प्रविनले बताइन् ।
Discussion about this post