इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको छ । सनिबार पत्रकार सम्मेलन गर्दै समाज विकास केन्द्र, नेपालले प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको जनाएको हो । समाज विकास केन्द्रको आयोजनामा कार्तिक १५ गते देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आयोजक संस्थाका अध्यक्ष सेराज हुसेनले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार भोक्राहा नरसिंह–४ जामिआ खेलमैदानमा गर्न लागेको प्रथम कोशी प्रदेश सभामुख कप–२०८० फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । सार्वजनिक गरेको खेल तालिका अनुसार प्रथम कोशी प्रदेश सभामुख कपको आयोजक टिम समाज विकास केन्द्र सहित इनरुवाको मधेसा क्लव, इनरुवा फुटबल क्लव, इटहरीको मधेली क्लव, शान्ती युवा स्पोर्टिग क्लव, रामधुनीको रामधुनी युवा क्लव, बराहक्षेत्रको राजाबास क्लव, दुहवीको सिमरिया क्लव गरि ८ वटा टिमको सहभागिता रहनेछ ।
सबै टीममा राष्टिय र नाम चलेका खेलाडीहरु रहने कोच तथा राष्टिय फुबल खेलाडी शशि थापा मगरले जनाकारी दिनुभयो । आयोजकले दिएको जानकारी अनुसार उपाधी पाउने टिमले २५ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले १५ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ । आयोजक समितिका अध्यक्ष सेराज हुसेनले स्थानीयस्तरमा खेलाडी उत्पादन, प्रोत्साहन र युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट मुक्ती गर्नका लागि कप फदायी हुने जानकारी दिनुभयो ।
Discussion about this post