इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
साेमबार र मंगलबार गरि दुई दिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम दिइएको हाे ।
तालिम भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय चिराैली सुनसरीको आयाेजना तथा सेभ द अर्थ सुनसरी र फेयर मेड (हेल्थ फर द पाेेरेस्ट) काे सहकार्यमा दुई दिने उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि आधारभूत तालिम सम्पन्न गरिएको सामुदायिक स्वास्थ्य प्रशिक्षक रूखसाना प्रविणले जानकारी दिइन् ।
कार्यक्रममा उष्ण प्रदेशीय रोगहरुकाे कारण बर्षेनी गरीबीको अवस्थामा रहेका मानिसहरू, वातावरणीय सरसफाईको अवस्था सन्तोषजनक नभएका स्थानहरूमा बस्ने मानिसहरू विभिन्न किसिमका रोगहरूको चपेटामा पर्ने गरेको गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अजमल अख्तर आजादले जानकारी दिए ।
उनलेे भने सङ्क्रमित भेक्टर, घर पालुवा जनावर तथा समुदायमा पाइने अन्य जीव-जन्तुसगको हाम्रो नजिकको सम्बन्धका कारण पनि यस रोगको जोखिम बढ्न नदिनका लागि घरघरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पहुँच बढाउनु पर्ने बताए ।
त्यस्तै रोग नियन्त्रणलाई प्राथमिकता दिँदै वातावरणीय सरसफाईलाई बृहत अवधारणाको रूपमा लिनुपर्ने जानकारी दिए । मानिस र जनावर बीचको सम्बन्ध तथा फोहोर मैला व्यवस्थापन गर्नुका साथै सङक्रमणको जोखिमलाई कम गर्ने उपायहरु समेतलाई मध्यनजर गर्नुपर्ने बताए ।
उनलेे भने रोगको रोकथाम र उपचार मात्र नभएर समुदाय र व्यक्तिको बृहत्त र आवश्यकतालाई ध्यान दिइने निरन्तर हेरचाहमा आधारित बृहत । गरीबीलाई हेला, भेदभाव जस्ता सामाजिक असरबाट जोगाउन समेत प्रभावकारी रोग व्यवस्थापन र स्वयं हेरचाहको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
साे कार्यक्रममा जनस्वास्थ्य निरिक्षक हिरा साह, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ६ का प्रमुख अनिल कुमार साह, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ३ की प्रमुख प्रतिभा कुमारी यादव, विश्वास परियाेजनाका कार्यक्रम संयाेजक मनिष सुवेदी , सुपरभाइजर प्रवेश रिजाल, सामुदायिक स्वास्थ्य प्रशिक्षक सन्तोष साहु, रूखसाना प्रविण लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।भने कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका वडा नम्बर ३,६ र ८ मा कार्यरत २५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे उपस्थिति रहेको थियाे ।
Discussion about this post